सैँतीस करोड मूल्य बराबरको मल बिक्री


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक ३, २०७७

  • सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलव ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

    सो कार्यालयले पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहमा रासायनिक मल बिक्री वितरण गर्ने आफ्ना डिलरलाई स्थानीय तहको सिफारिसमा उक्त मल वितरण गरेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । स्थानिय तहका जनप्रतिनिधिले भने रासायनिक मल वितरण प्रणालीमा पारदर्शीता नभएका कारण ठोरी गाउँपालिका लगायतका सुदूर ग्रामीण क्षेत्रसम्म रासायनिक मल पर्याप्त मात्रामा नपुगेकाले धान खेतीमा पर्न गएको बताएका छन् ।

    पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले नेसनल ट्रेडिङ लिमिटेडले मल वितरणबारे विस्तृत जानकारी नभएको गुनासो गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार