अमेरिकाको बोस्टनमा अन्जु पन्त एकल साँझ


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ६, २०७५

  • अमेरिका, साउन ६ । अमेरिकाको बोस्टनमा लोकप्रिय गायिका अन्जु पन्त एकल साँझ कार्यक्रम हुने भएको छ । ‘अन्जु पन्त सुमधुर सन्ध्या बोस्टन’ नाम दिइएको उक्त कार्यक्रम आउँदो आज आइतबार हुनेछ । अमेरिकास्थित बोस्टनको आर्लिंगटन शहरको रिजेन्ट थिएटरमा हुन लागेको कार्यक्रम ठीक साँढे ६ बजे सुरु हुनेछ ।

    गायिका अन्जु पन्तको यो तेस्रो एकल गायन साँझ हो । उनले यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्जु पन्त एकल साँझ आयोजना भएको थियो भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा सम्पन्न भएको थियो । आधुनिक तथा पाश्र्व गायनबाट नेपाली सङ्गीत बजारमा चर्चा कमाएकी अन्जुको यो तेस्रो अमेरिका भ्रमण हो । उनी यतिबेला अमेरिकाका विभिन्न शहरहरुमा आफ्नो साङ्गीतिक प्रस्तुति दिइरहेकी छिन् ।

    अमेरिकामा हुन लागेको अन्जु पन्त एकल गायन साँझलाई हिमालय हेरिटेज कल्चरल एकडेमीले आयोजना गर्न लागेको हो । यससँगै उक्त साँझलाई अन्य संघ, संस्थाहरु नेपाल वुमेन ग्लोबल नेटवर्क, जीएनबिसी, पशुपति बुद्ध फाउन्डेसन, जात्रा नेपाल, एब्रोड नेपाल ईन्टरटेन्टमेन्ट, कोशेली इभेन्ट्स यूएसए तथा सौगात ईन्टरटेन्टमेन्टले समेत सहकार्य गरिरहेका छन् । २५ देखि ३० डलरसम्म टिकट दर तोकिएको उक्त कार्यक्रममा अन्जुले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व पश्चिम रेल, ‘सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमी रोएको पल’ लगायत चर्चित गीत अनि केही नयाँ गजलहरूबाट आगन्तुकलाई मनोरञ्जन प्रदान गर्ने छिन् ।

    यस कार्यक्रममा अन्जुलाई सारंगीमा श्याम नेपाली, तवलामा तिलक लामिछाने, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्वल धौभडेल, किवोर्डमा अनुप भण्डारी र मादलमा अनुभव थपलियाले साथ दिनेछन् ।

    अन्जु पन्त फाउन्डेसनको सहयोगार्थ यो सांगितिक साँझको आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश वाग्लेले जानकारी गराएका छन् । गायनसँगै समाजसेवालाई अँगाल्दै आएकी अन्जुको आफ्नै सामाजिक संस्था ‘अन्जु पन्त फाउन्डेसन’ विगत केही वर्षबाट सञ्चालनमा छ । जसमार्फत अञ्जुले विभिन्न क्षेत्रका असहाय, गरिव तथा प्राकृतिक विपत्तीमा पर्दै आएका मानवको सेवा र उद्धार गर्दै आएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार