पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘स्कुल बेच्ने बालक’ बजारमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ६, २०७५

  • काठमाडौं । कान्तिपुरकर्मी पत्रकार दामोदर न्यौपानेको पाँचौ पुस्तक ‘स्कुल बेच्ने बालक’ शनिबार राजधानीमा सार्बजनिक भएको छ । बालबालिकाहरुको मनोविज्ञानलाई केलाएर लेखिएको यो पुस्तक सडक बेच्ने बालकको आख्यान हो । शनिबार नेपाल प्रज्ञान प्रतिष्ठान कमलादीमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, बाल साहित्यकार एवं सञ्चारविद् विनय कसजू, बालअधिकार अभियन्ता गौरव पोखरेल, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल र लेखकका छ वर्षिय छोरा हार्दिकले संयुक्त रुपमा पुस्तक सार्बजनिक गरे ।

    ‘स्कुल बेच्ने बालक’ मा लेखकले आफ्नै छोरा हार्दिकलाई मुख्य पात्रको रुपमा प्रस्तुत गरेका छन् । कम उमेरका वच्चाको अध्ययन गर्न आफ्नै छोरा विश्वविद्यालय भएको लेखकले बताए । ‘हामीले बालबालिकालाई सुन्न, बुझ्न र महसुस गर्न जरुरी छ ।’ न्यौपानेले भने, ‘साहित्य सिर्जना भन्दा पनि यो बालबालिकाको क्षेत्रमा चलाएको अभियान हो ।’ बालबालिकाले गरेको बदमासीलाई झमेला मान्नुहुन्न भन्ने कुरालाई लेखकले पुस्तकमा समेटेका छन् ।

    ‘समाजमा वालवालिकाको जिम्मा कसैले नलिएको पाईयो ।’ प्रा. डा. विनय कसजुले कार्यक्रममा भने ‘वालवालिका सम्बन्धि पुस्तक १० प्रतिशतसम्म पनि भएको पाईदैन ।’ बालबालिकाहरु जिज्ञासु स्वभाबका भएकाले उनीहरूको जिज्ञासा मेट्न अभिभावक स्वयंमा राम्रो हुनुपर्ने पूर्वउपकुलपति सुरेशराज शर्माले कार्यक्रममा बताए ।
    यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार