महाकवि देवकोटाको शालिक अनावरण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक २९, २०७७

  • मोरङ,२९ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनः निर्माण गरिएको शालिकको अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर–८ देवकोटा चोकमा देवकोटाको ११२ औँ जन्मजयन्तीको उपलक्ष्यमा पुुनः निर्मित शालिकको आज संयुक्त रुपमा अनवरण गर्नुभयो । महानगरपालिकाको रु १९ लाखको लागतमा शालिक निर्माण गरिएको छ भने त्यसको वरिपरि स्ट्रिट लाईट राखिएको छ ।

    प्रमुख पराजुुलीले प्रजातन्त्र पुनःस्थापनापछि विराटनगरबाट प्रधानमन्त्री हनुभएका सबैको शालिक नगर क्षेत्रमा निर्माण गरिने जानकारी दिनु भयो । उहाँले प्रजातन्त्र स्थापनाका लागि देवकोटा पुस्तकालयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै पुस्तकालय सुचारु रुपमा सञ्चालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्राज्ञ विवश पोखरेल, विराटनगर महानगरपालिकाका उपप्रमुुख इन्दिरा कार्कीले महाकवि देवकोटाले साहित्यक्षेत्रमा पुुर्‍याएको योगदानको चर्चा गर्नु भयो ।

    देवकोटा चोकमा विस २०४२ मा महाकवी देवकोटाको शालिक स्थापना गरेपछि सो चोकको नाम देवकोटा चोक रहन गएको हो । पुुस्तकालयका अध्यक्ष सुुवोध निरौला, निर्माण उपभोक्ता समितिका अध्यक्ष वसन्तराज अर्याल र नारायणवावुु कार्की लगायतले देवकोटाको जीवनी र पुस्तकालयले अहिलेसम्म गरेको कामका बारेमा जानकारी दिनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार