गायक मंजिल शाक्यको ‘मुसुमुसु…’ गीतको म्युजिक भिडिओ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर ११, २०७७

  • काठमाडौं, ११ मंसिर । चर्चित रचनाकार र संगीतकार ज्ञानमुनी शाक्यको ‘गुबलें गुबले’ एल्बमबाट गायक मंजिल शाक्यको ‘मुसुमुसु न्हिला: व:म्ह’ गीतको म्युजिक भिडिओ ज्योती म्युजिकको अफिसियल युट्युब च्यानलबाट प्रीमियर भएको छ ।

    कलाकारहरु अनुज शाक्य र उज्जला शाक्यको मुख्य अभिनय रहेको उक्त म्युजिकभिडिओमा हितेश बज्राचार्य, ईश्वर नेपाली, श्याम बहादुर बिकको साथसाथै अमोघवीर बज्राचार्य र एनी शाक्य अतिथी भुमीकामा रहनु भएको छ । यसैगरि उनलाई जेनेन्द्र शाक्य र ज्ञानमुनी शाक्यले साथ दिनु भएको छ । यस भिडिओमा कोरियोग्राफरको रुपमा राजिप बज्राचार्य रहनु भएको छ ।

    यस म्युजिक भिडिओलाई क्यामेरामा अभिषेक शाक्यले र सम्पादनर सिनेमटोग्राफि बिजन बज्राचार्यले गर्नुभएको छ भने परिकल्पना र निर्देशन बिश्वास बज्राचार्यको रहेको छ ।

          भिडिओ


    प्रतिक्रिया
    सम्बन्धित समाचार