गुफाबासी कलाकार मनुजबाबु मिश्र


  • Frontline Nepal

नरेन्द्र रौले
थरीथरीका फूलहरु फूल्ने तरखर छन । हांगाहरु लत्रेर भुँइ छुन खोज्दैछन । आँगनमा अरनिकोको मूर्ति छ । ओखरका पातहरु सुकेपनि भोगटे र अमिलोका बोटहरु हरिया छन् । बगैंचाको कुनामा गुलाबका थुंगाहरु मुस्कुराइरहेका देखिन्छन्। निर्जन ठाउ, अँध्यारो परिबेश । लामो यात्रा गर्दा गर्दै कुनै पहाडको जंगलमा पुगेजस्तै । अगाडी बढ्‍न खोज्ने पाइलाहरु रोकेर यतै बास बस्नुपर्ला जस्तो भइसक्यो । यस्तो अनकन्टार ठाउमा को बास बस्छन् होला रु फूलेका कपाल ,आँखामा चस्मा लगाएका, उमेरले ७३ पुगेका चित्रकार मनुजबाबु मिश्र । जो आफूलार्इ बहुदलको बिरोधि भन्छन् ।

वीस बर्षदेखी घरभित्र बन्दि जीवन बिताइरहेका छन् । डाँडामा घाम अस्ताएको एक मध्यान्ह । घरभित्र अँध्यारोले राज्य गरेको छ । त्यसो त उनी आफै यो घरलार्इ गुफा भन्छन् । हातमा बासका कलम, अगाडि बाक्लो स्केच बुक छ । लालटिनको मधुरो प्रकाशमा केहि कोरिरहेका छन् उनी । चित्र बनाउदा बनाउठदै जीवन पनि ढल्किसक्यो । कमजोर आठखा र स्मरण शक्ति, हात लुलो भएर खासै चल्दैनन् ।

तैपनि चित्र बनाउन छोडेका छैनन् उनले । कोठाभरी जताततै पेन्टिङै पेन्टिङ छन् । उनको नजरमा कला नै सर्बोच्च देबता । सबैले देबताको पुजा गर्छन् , उनले कलाको । सुन्दा अचम्म लाग्ला,देउता आफै बनाउछन् मनुजबाबु । कसरी रु भन्छन् ुमैले आफ्‍नो देउता आफै बनाउछु । र रेखा र शब्द । तुलसि मिश्रका जेठा छोरा मदनबहादुर र कान्छा मोहन थिए । तिनै मदनबहादुर नै अहिलेका मनुजबाबु मिश्र हुन् । कुशल कलाकार, चित्रकार,सगितकार र नाटककार उनका बुबा राण्को दरबारमा नाटक खेलाउथे । आफुलाइ ुबुबाकै फोटोकपिु भन्न मन पराउछन् मनुजबाबु । चौधरपन्ध्र बर्ष्मै आफै नाटक लेख्थे,खेल्थे,खेलाउथे । चाबहिल क्षेत्रमा उनले नाटक देखाउदा हेनर्े मान्छेहरुको भिड लाग्थ्यो । एकताका गायक पनि थिए उनी । रेडियो नेपालमा आधा दर्जन गीत उनको आवाजमा स्वरबद्ध छन् ।

बाल्यकाल निकै कष्टमय छ उनको । भाइ आठ बर्ष र आफू बार्‍ह बर्षको छदा एक बर्ष भित्र परिवारका सात जना महत्वपुर्ण ब्यत्तको निधन भयो । यो कस्तो बिपत्त आइलाग्यो रु ुकथा लामो छ बाबु ।ु धेरै कुरा उनले खोलेनन् । सबैबाट एक्लिएर घरमा दुइ भाइ मात्र बाूकि रहे । घरको छानो चुहिन्थ्यो । पेटभरी खान नपाइ कति रातहरु गुजारे त्यसको त लेखाजोखा पनि छैन । उनका चित्रहरु कस्ता छन् रु आफ्‍नै अनुहार एनामा हेर्दै कागजमा उतार्छन् । त्यसैलार्इ दुरुस्तै पशुको रुप दिन्छन्, टाउकोमा पशुको सिङ हाल्छन् ,लामा-लामा कान बनाउछन् । के छ उनका चित्रहरुमा ? ‘तिनमा विकत मानिसको रुप छ । एउटै घरमा बस्ने मान्छे एक अर्का सग अपरिचित छन् । वल्लो घरको मान्छले पल्लो घरकोलाइ सहयोग गर्दैनन् । जताततै छल,कपट र फट्‍याइछ । मेरा चित्रमा तिनकै छाया हुन्छ ।’ प्रष्टयाउदै भने । एउटा चित्र बनाउन भण्डै तिन महिना लाग्छ उनलाइ ।

चित्र बनाउनु उपन्यास लेख्नु जस्तै लाग्छ रे । ‘कारखानामा बिस्कुट उत्पादन गरे जस्तो बनाउन सक्दैन ।’ उनी भन्छन् । उनका चित्रहरुमा सुन्दर धर्तीलाइ कुरुप बनाउने मान्छेका त्रियाकलाप, बिभत्सतामा परिणत भएका हिरोसिमा र नागासाकिका दश्य,समग्रमा युद्ध,हत्या, र नरसहारका क्रुर दृश्यहरु भेटिन्छन् । ‘जे देख्छु, कल्पना गर्छु त्यसैलाइ जादुगरले अगाडि ल्याउछु र चित्रण गर्छु ।’ बत्तिको मधुरो प्रकाशमा उनले भने । चित्र बनाउनु सगै निबन्ध, कथा, उपन्यास विधामा उनले कलम चलाएका कृतिहरुको संख्या १८ पुगिसक्यो । विश्वकलाको इतिहास, मेरो चित्र मेरो छाया (निबन्ध) , तरङ्ग तरेलि (निबन्ध), स्वप्न सम्मेलन (उपन्यास), दुरान्तर (निबन्ध), एउटा कथाको कथाकार (निबन्ध), अनुहारका पानाहरु (निबन्ध) उनका प्रमुख कृतिहरु हुन् । आफु बाँचेको परिबेश, प्रकृति, कला, मानविय संबेदना, समसामयिक राजनिती, ध्वंस, बिध्वंस नै उनका लेखनका मुल बिषयबस्तु हुन् । महांकाल बौद्धस्थित आफ्‍नै गुफाभित्र पुराना दिनहरु मनुजबाबुको सम्झनामा नाँचिरहन्छन् अचेल । साथीभाइसँग पनि खासै भेटघाट हुँदैन ।

कहिलेकाहि अमेरिका बरालिएका डा तारानाथ शर्मा फोन गर्छन्, इमेल पठाउछन् । घर बाहिर उनी निस्कदैनन् । साझ ६ बजेदेखि ७ बजेभित्र सुतिसक्छन् । काठमाडौ सिरक ओढेर मस्त निद्रामा सुतेको हुन्छ । उनी मध्यरातमा २ बजे ब्यूझिसक्छन् । सिरानिमा राखेका किताबहरु पल्टाउछन् । मन लागेका बेला लेख्छन् ,चित्र बनाउछन् । नत्र झोक्राएर बस्छन् । चालिसौं बर्ष भइसक्यो यस्तै छ उनको दिनचर्या । राजाबादीको आरोप पनि खेपेका छन, मनुजबाबुले । के उनी साच्चै राजाबादी हुन् ? ‘म राजाबादी भए तपाइ मलाइ भेट्‍न सक्नुहुन्थ्यो ?’ उल्टै प्रश्न गरे । ‘राजालाइ खुसि पार्ने काम गरेको भए म कहा पुग्थे ? म त सामन्ति ब्यबस्था र चाकडी प्रथाको घोर बिरोधि हु ।’ स्पष्टिकरण दिए । यद्यपि आफूलार्इ ‘राजतन्त्रबादी’ भएको चाहि स्वीकारे । म राजाबादी होइन । राजतन्त्रबादी हो । ब्यक्ती जो सुकै होस् । राजसस्था रहनुपर्छ ।’ झोक्किदै भने । तर प्रचण्डको सरकारप्रति उनी आशाबादी छन् । भन्छन् ,राम्रो काम गर्ने जसको पनि तालि बजाउछु । नराम्रो गर्नेहरुको बिरोध गर्छु । कलालाइ कहिल्यै ब्यापारका रुपमा नलिएका मनुजबाबुले जनक शिक्षा सामग्री केन्द्र लिमीटेड मा ५ बर्ष र शिक्षा मन्त्रालय उपसचिब भएर दश बर्ष काम गरे ।

मदनमणि दिक्षितले सम्पादन गर्ने हालखबर साप्ताहिकमा कार्टुनिस्ट भएर काम गरे । पैसा कमाउने उद्देश्य राखेको भए ठूलै धनी भइसक्थे उनी । एउटै चित्रको ३, ४ लाखमा बिक्री हुन्छ , भएन त कमाल ? साच्चै महिना दिन अगाडि त कमालै भयो । बेलायतमा भएको कला प्रदर्शनी उनले बनाएको मोनालिसाको तस्विर दुई लाखमा बिक्री भयो । मोनालिसाकै बारेमा मात्र उनले एक दर्जन चित्र बनाएका छन् र आधा दर्जन लेखहरु लेखेका छन्‍ । फ्रान्सको लुभ्र संग्राहालयको भब्य कोठामा सजिएर बसेको छ मोनालिसाको चित्र । जहा उनलाइ हेर्न एसिया, अमेरिका र अफ्रिकाका लगायत विश्वका सयौ राष्ट्रबाट मानिसहरुको घुइचो लाग्छ । उनको तस्विर क्यामेरामा कैद गर्न नपाएपनि दिमागमा थुप्रैले कैद गर्छन् । उनी त्यति आकर्षक नभइदिएकि भए सायद उनको अपहरण हुने थिएन होला । त्यसैले त आकर्षक र बहुमुल्य वस्तुमा सधै चोरी र अपहरण को त्रास रहन्छ । मनुजबाबु आफूलाइ नास्तिक ठान्छन् । अछिता र अबिरले कहिल्यै देउता पुजेनन् । उनको नजरमा कुकुर पनि देउता,चरा पनि देउता । हात,पाखुरा र आत्मविश्वासमा मात्रै विश्वास छ उनमा ।

संसार छोड्‍नु अघि आफूले लेख्न थालेका आर्ट अफ द नन् युरोपियन कन्ट्री र , ग्यान्ज स्कुल अफ आर्ट किताब लेखेर सिध्याउन पाए भन्ने मनमा छ । त्यसबाहेक आफू सँग भएका चित्रकला र अन्य बहुमुल्य सामग्री सरक्षण गरिदिने कुनै सस्थालाइ हस्तान्तरण गर्न पाए भन्ने सुरमा छन् । जीवनमा सबै भन्दा बढी कसलाइ माया गरे होलान् मनुजबाबुले हातको इशाराले देखाउदै भने, उ के त श्रीमतिलाइ । यो सुनेर धर्मपत्नि रमला चाहि हासिन् । जेठा छोरा रबीन्द्र मिश्र बिबिसी नेपालि सेवाका सम्पादक छन् ,कान्छो रोशन पेशाले कम्प्युटर एनिमेटर हुन्  उनी पनि कलाकार हुन् । छोरी डा मञ्जु मिश्र चाहि कलेज खोलेर बसेकि छिन् । उनलाइ कसको बढी माया लाग्छ होला रु सबैको लाग्छ तर कान्छो छोरासंग बढी आत्मियता छ । कुराकानी भइरहदा लन्डनबाट रोशनको फोन आयो । बोलिबाटै बुझिन्थ्यो । कति आत्मिय सम्बन्ध छ भनेर । रात ढलेर झ्याउकिरी बास्न थालिसके मनुजबाबुको गुफा अझै अँध्यारै छ । बत्ती बल्ने कतै सकेत देखिदैन । धमिलो छायामा मोनालिसाको मुस्कान भने चम्किरहेको छ ।

यो लेख ९ वर्ष अघि कान्तिपुर दैनिकको कोशेलीमा छापिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार