
काठमाडौं, १ कार्तिक । गायिका सरु गौतम र गायक सुनिल कटुवालको स्वरमा रहेको गीत ‘डिजिटल फोटो’ सार्वजनिक भएको छ । कुमार कटुवालको शब्द र दीपक शर्माको सङ्गीत तथा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेयले निर्देशन गरेको गीतको भिडियोमा सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) सँगै गीता ढुंगाना र प्रतिमा कंडेलको मुख्य अभिनय रहेको छ । उत्सब दाहालले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ ।
भिडिओ