डिआइजी पोखरेल एआइजीमा बढुवा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २५, २०७७

  • काठमाडौँ, २५ मङ्सिर । सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक( डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो । अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो ।

    रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार