प्रोफेसर मियाँ ‘एन.एच.आर.एफ. साहित्य सम्मान २०२०’ बाट सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज १७, २०७७

  • काठमाडौं । राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक सामाजिक अभियन्ता तथा प्रोफेसर मोहम्मद रमजान अलि मियाँ ‘एनएचआरएफ साहित्य सम्मान २०२०’ बाट सम्मानित भएका छन् । अन्तराष्ट्रिय मानव अधिकार फाउन्डेसन तथा एन.एच.आर. एफ. फाउन्डेसनको संयुक्त कमिटिले मियाँलाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय मानव अधिकार तथा मानवकल्याणकारी संगठनले आफ्नो स्थापनाको दोश्रो बार्षिक उत्सव तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२० को अवसर पारेर बिश्वका विभिन्न नागरिकहरुलाइ सम्मान गर्ने क्रममा मियाँलाई पनि सम्मानित गरेको हो । खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ समेत रहेका मियाँ लामो समयदेखि कतारमा बसेर नेपाल कतारबीचको सम्बन्ध विस्तार तथा त्यहाँ रहेका नेपालीहरुको हकहित तथा अधिकारका लागि उल्लेख्य कार्यहरु गर्दै आएका छन् । मियाँलाई उक्त सँस्थाले यस वर्षको साहित्यतर्फको विधामा सम्मान प्रदान गरेको हो ।

    यस सँस्थाबाट मियाँ सहित यो बर्ष विभिन्न देशका नागरिक गरी ३३ जना सम्मानित भएका छन् । २००७ मा कतार प्रवेश गरेका प्रोफेसर मियाँले मानव अधिकार तथा प्रोटोकल एवं अन्तर्राष्ट्रिय बिषयमा अरबी भाषा साहित्यमा डबल एम.ए. गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार