नेपाली सेनाका अधिकृत बेलायतमा सम्मान


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २७, २०७७

  • लण्डन, २७ मङ्सिर । नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा एक अन्तरराष्ट्रिय सम्मान दिइएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय पिटर थापा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टका रुपमा कार्यरत हुनुहुन्थ्यो । बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको थियो ।

    हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि दिइने तालीममा अग्रथानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुनुहुन्छ । नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालीमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेण्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालीममा पठाइन्छ । थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती हुनुभएको थियो ।

    सो सम्मान पाएसँगै उहाँ आवश्यक परे बेलायती सेनाका जवानलाई तालीम दिने प्रशिक्षकका रुपमा समेत योग्य हुनुभएको छ । उक्त सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।

    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार