• होमपेज
  • समाचार
    राजनीतिसमाज
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य
  • सूचना तथा प्रविधि
  • विविध
  • सम्पर्क

सीमा विवाद समाधानका लागि जुट्यो सहमति


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर २८, २०७७

  • पहिरोथाप्ला (मुस्ताङ), २८ मङ्सिर । म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेकोे छ । मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित ठाउँको सीमा पहिचान गर्ने र उनीहरुले निर्धारण गरेको सिमाना दुवै पक्षलाई मान्य हुने सहमति जुटेको हो ।
    म्याग्दी र मुस्ताङस्थित जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलमा दुवै जिससका पदाधिकारी, सिमानामा पर्ने अन्नपूर्ण र थासाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाको उपस्थिति थियो । मुस्ताङको थासाङ गाउँपालिका–४ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने बादरजुङ र कालीबराह क्षेत्रको भूगोल दुवै जिल्लाका बासिन्दाले दावी गरेपछि विवाद चुलिएको थियो । जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसीले नापी विभागका प्राविधिक ल्याएर सिमाना पहिचान गरी विवाद समाधान गर्न दुई जिल्लाको तीन÷तीन प्रतिनिधि सदस्य रहेको समिति गठन भएको जानकारी दिनुभयो । “समितिलाई नापी विभागसँग समन्वय गरेर प्राविधिक टोली ल्याई जिपिएसको माध्यमबाट बादरजुङ भिरको सिमाना पहिचान गर्न जिम्मेवारी दिने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “नापी विभागका प्राविधिकले स्थलगत अध्ययन गरेर पहिचान गर्ने सिमानालाई दुवै जिल्लाका बासिन्दा स्वीकार गर्न सहमत भएका छन् ।”
    समितिमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष क्षेत्री, दानाका वडाध्यक्ष नरसिंह पुर्जा, घाँसाका वडाध्यक्ष विशाल गौचनका साथै म्याग्दी र मुस्ताङका नापी अधिकृत रहेका छन् । दाना र घाँसाका वडाध्यक्षले सिमानाका विषयमा प्रस्तुत गरेको दावी, तथ्य, नक्सा र प्रमाण बाझिएपछि नापी विभागको प्राविधिक टोलीको सहयोग लिने निर्णय भएको हो । सिमानामा प्रवेशद्वार निर्माण, वन र जडीबुटी प्रयोग गर्ने क्रममा म्याग्दीको दाना र मुस्ताङको घासाका बासिन्दाबीच सीमा विवादले सामाजिक द्वन्द्व बढाएको थियो ।
    मुस्ताङका जिसस प्रमुख छिरिङ ल्यामो गुरुङले सिमानामा प्रवेशद्वार बनाउन रु ५० लाख विनियोजन गरे पनि विवादका कारण कार्यान्वयन हुन नसकेको बताउनुभयो । “गत वर्षको पुस २३ गते दुई जिल्लाका सरोकारवालाबीच भएको छलफलबाट विवाद समाधानका लागि भएको निर्णय कार्यान्वयन हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “कोरोनाको जोखिम र लकडाउनका कारण प्रभावित भएको सीमा विवाद समाधानका लागि पुनः छलफल गरेर सहमति जुटाएका हाँै ।” थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्राविधिक अध्ययन प्रतिवेदनको आधारमा विवाद समाधान गर्न प्रस्ताव गर्नुभएको थियो ।
    म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी र मुस्ताङका प्रजिअ हीरादेवी पौडेलले तथ्य, प्रमाण र छलफलको माध्यमबाट सिमानाको विवाद समाधान गर्न सुझाव दिनुभएको थियो । सीमा क्षेत्रको जङ्गलमा चरिचरन, जडीबुटी सङ्कलन र वनको उपभोग गर्ने विषयमा सीमा विवाद हुँदा दाना र घासा तथा लेतका बासिन्दाबीच विवाद भएको दानाका बासिन्दा गङ्गा पुनले बताउनुभयो । कालीगण्डकीको तीरबाट धवलागिरि हिमालको फेदीसम्म म्याग्दी र मुस्ताङको सिमाना जोडिएको छ । अहिले मुस्ताङको घासा लेतेका बासिन्दाले बादरजुङ भिरको झोलुङ्गेपुल यताको तुरतुरे धारा सिमाना भएको दावी गर्दै आएका छन् । म्याग्दीको दानाका बासिन्दाले पुलबाट मुस्ताङतर्फ रहेको खोल्सालाई सिमाना भएको दावी गर्दै आएका छन् ।
    यसअघि विसं २०६६ तिर सिमानामा स्वागत बोर्ड राख्न आएका मुस्ताङका बासिन्दा र दानाका स्थानीयबीच झडपको स्थिति आएको थियो । विवाद र झडपको अवस्था आएपछि उनीहरु बोर्ड नराखी फर्किएका थिए । यसैगरी कालीबराहको चरन क्षेत्रको सीमा विवाद सुल्झाउन रघुगङ्गा, थासाङ र अन्नपूर्ण गाउँपालिकाबीच त्रिपक्षीय छलफलको तयारी भएको छ ।
    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    एक हप्ते एड्भान्स फेसन डिजाइन तालिम सम्पन्न

    एक हप्ते एड्भान्स फेसन डिजाइन तालिम सम्पन्न

    अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

    अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

    ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

    ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

    सेभियामा FfD4 साइडइभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

    सेभियामा FfD4 साइडइभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

    पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्छ : महासंघ अध्यक्ष वली

    पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्छ : महासंघ अध्यक्ष वली

    मिसन ८४ का लागि चम्कँदै पर्सा–३ मा रुपेश पाण्डेय

    मिसन ८४ का लागि चम्कँदै पर्सा–३ मा रुपेश पाण्डेय

    ताजा अपडेट
    • एक हप्ते एड्भान्स फेसन डिजाइन तालिम सम्पन्न

    • अब बुकीपाटन पुग्न पदमार्ग र काठेपुल

    • ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

    • सेभियामा FfD4 साइडइभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व

    • पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्छ : महासंघ अध्यक्ष वली

    • वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

    • मिसन ८४ का लागि चम्कँदै पर्सा–३ मा रुपेश पाण्डेय

    • झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´ को लोकार्पण

    • युवा उद्यमशीलता विकासका लागि व्यवसायिक तालिम सम्पन्न

    • स्वदेशमै उद्यम गरौं : सुरेन्द्र बस्नेत, उपाध्यक्ष, राष्ट्रिय युवा परिषद्

    • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा, किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    • जापानमा पुस्तक बेचेर ब्लड क्यान्सर पीडित कवि नवराजलाई सहयोग

    • विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्धनका लागि शिक्षक तालिम कार्यक्रम सम्पन्न

    • गायक हसन राईलाई पूर्वेली लोक आधुनिक विधामा ‘द बेस्ट सिंगर अवार्ड’

    • सौन्दर्य प्रतियोगिता मिस विभा–मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुल्ला

    • पर्सा–३ मा निर्वाचनको सरगर्मी: स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पाण्डेय चुनावी दौडमा

    • परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन

    • मालदिभ्समा बस्ने नेपालीहरुको पासपोर्ट नविकरणका लागि घुम्ती सेवा सञ्चालन

    • ‘ललितपुर क्लाइम्बिङ फेस्टिभल’ को छैटौं संस्करणमा भव्य रूपमा सम्पन्न

    • सोलुखुम्बुका राजु खड्का युवा संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

    • युवा संघको उपाध्यक्ष पदका उम्मेदवार प्रकाश गौतम भन्छन्- युवालाई उद्यमशिलतातर्फ जोड्नुपर्छ

    • युवा संघको उपाध्यक्षमा प्रकाश गौतमको उम्मेदवारी दर्ता

    • सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित

    • तुलसी सिवाकोटीको ‘पैसा ठुलो रैछ’ सार्वजनिक

    • चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

    • ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

    • ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

    • ड्रोन दर्ता शुल्क अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण

    • ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

    • ‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठुम्का

    • विज्ञान, जलस्रोत र जलवायु परिवर्तनबारे सञ्चारकर्मी र वैज्ञानिकको सहकार्य आवश्यक

    • सुरक्षित पानी, स्वस्थ जिन्दगानी

    • काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    • चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

    • नेपाल कमर्स क्याम्पस बाट बि•बि•एस मा सर्वोत्कृष्ट स्थान हासिल गरेका बिशाल रोकाहा स्ववियु अध्यक्ष पदको उम्मेदवार

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    • भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

    • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    • सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

    • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    • लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर

    • मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो: गृहमन्त्री लेखक

    • दयाहाङ राईदेखि पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको ‘राजागञ्ज’

    • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

    • बिज् एजुकेसनले भोलीदेखि ग्रान्ड युके एड्मिसन रोड शो गर्दै, सहभागी हुनेले खाली हात फर्किनु नपर्ने

    • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    • ‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

    • ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

    • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    • नेपालमा आजदेखी पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

    • कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

    • बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    • व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

    • अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    • महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

    • युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

    • सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

    • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    • राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

    • कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

    • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

    • क्यान्सर रोगसँग संघर्षरत बालबालिकालाई सहयोग पुर्‍याउन एलायन्सको स्थापना

    • अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शिर्षकको सहयोग रकमको हिसाब खोज्नुपर्छ – ज्ञानेन्द्र शाही

    • ‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

    • तीन लाख भन्दा बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

    • प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक

    • मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

    • छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

    • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    • विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

    • बेलायतको युक्लान युनिभर्सिटि पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

    • ‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

    • नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

    • टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    • एक करोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरू

    • ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार

    • ‘नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

    • ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी

    • मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु

    • हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

    • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता

    • सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर

    • एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन

    • सुम्निमाको नयाँ म्युजिक भिडियो

    • अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा

    • युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    • खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

    • अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    • सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

    • पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

    • विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

    • आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    • हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

    • एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    • नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

    • नेपाल एसिया कपबाट बाहिरियो

    • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    • गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक

    • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    • सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

    • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    • ‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

    • अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

    • बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

    • सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                              सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2025 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology