प्राइवेसी (कथा)


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर ३०, २०७७

  •  

    शिलु शर्मा

    “खै त तिम्रा छोरा बुहारी ? अहिलेसम्म आइपुगेनन् ।” सुबोध फत्फताउन थाले । सुस्केरा हाल्दै बसुधाले भन्न थालिन् “के गर्ने घरका मान्छे पाहुना भएपछि यस्तै हुादो रहेछ ।” त्यति नै बेला समर आफ्नी श्रीमति प्रियासँग “हाइ ड्याड मम्” भन्दै कोठाभित्र पस्यो । “बुवाको जन्मदिन, आज त मन राख्नै भए पनि अलि छिटो आएको भए हुन्थ्यो नि ।” केही गुनासो र केही स्नेहले भरिएको स्वरमा बसुधाले भनिन् । “के गर्नु आमा, साथीको जन्मदिनको पार्टीबाट बल्ल–बल्ल समय मिलाएर आएको । म त हजुरहरुको मन राख्न भएपनि आएा । उल्टै हजुरहरुको गुनासो ?” समर झोक्किन थाल्यो ।

    सुबोध कुावर नेपाल आर्मीमा जर्नेल थिए । बसुधा संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा जागिरे थिइन् । दुइ छोरा र एक बुहारीसँगको पारिवारिक जीवन खुसीसाथ बितिरहेको थियो । रवाफका साथ जिन्दगी बिताए । सुबोधले आर्मीमा हुादा पनि र आर्मी जीवन सकिए पनि । केहीवर्ष भयो सुबोध आर्मीबाट अवकास पाएर घर बस्न थालेका । सुबोध घर बस्न थालेपछि बसुधा पनि जागिरमा रमाउन सकिनन् । त्यसपछि बसुधाले पनि जागिर छोडिन् । सुबोध र बसुधाका समर र अमन दुइ छोराहरु थिए ।

    जेठा छोरा अमनले आफ्नो बुवाको बिाडो थाम्दै आर्मीमा गए । छोरा आर्मीमा जाादा खुसीले गद्गद् भएका थिए । देशका लागि छोराले केही गर्ने भयो भनेर आफुलाई गौरवान्वित महसुस गरेका थिए । टोलभरी मिठाई बााडेका थिए । कान्छो समरले चााही व्यापारमा हात हालेका थिए । कर्पोरेट जगतमा नाम दाम कमाएका थिए । दुबै छोरा आ–आफ्नो क्षेत्रमा सफल भएकाले सुबोध र बसुधा खुसी थिए । समर र प्रिया पहिला सुबोध र बसुधासँँगै डिल्लीबजारको घरमा बस्थे । तर, पछि समर र प्रियालाई अफ्ठ्यारो लाग्न थाल्यो । समर कर्पोरेट जगतको नामी हस्ती भइसकेका थिए । दिनदिनै जसो भोजभतेरमा रमाउनु पर्ने भयो ।

    अब, दुवैजनालाई साथीहरुलाई पुरानो घरमा पार्टीमा बोलाउन लाज लाग्न थाल्यो । साथीभाइसँगको जमघटमा, भोजभतेरमा रम्दा आफ्नो जन्मदिने आमा बुवा कसिंगर झैं लाग्न थाल्यो । हुन त दुनियाा देखेका सुबोध र बसुधाले उनिहरुको स्वतन्त्रतालाई कहिल्यै सिक्री कसेनन् । तर, समर र प्रियालाई आफ्नो दुनिया प्यारो थियो । आफु दुइ मात्र बसे पछि रमाइलो पनि हुने, कसैको हस्तक्षेप हुादैन भन्ने सोच थियो । आफ्नो प्राइभेसीको पासा फ्याँकेर भैंसेपाटीमा बंगला बनाए । छोरा बुहारीले यसरी चटक्क छोडेर जाादा बसुधाको हाल बेहाल थियो । सुबोध पनि सारै दु:खी भए समरले घर छोड्दा । समरलाई धेरै सम्झाएका थिए । छोराले आमाको वात्सल्यलाई लात नहालोस् भन्ने चाहना थियो सुबोधलाई । पााचवर्ष जतिभयो होला समर र प्रियाले डिल्लीबजारस्थित आफ्नो पुर्खौली घर छोडेर अन्त बस्न गएको । आर्मीमा गएको दुइ वर्षमा अमन सहिद भए ।

    द्वन्द्वकालमा एम्बुसमा परेर कलिलो उमेरमा सहिद भए । जेठो छोरो अमन देशमा भएको द्वन्द्वले खायो । यो त्यही द्वन्द्व थियो जसले न देशलाई, न जनतालाई न त बसुधालाई नै केही दियो । दियो त शुन्यता मात्र र त्यही शुन्यतालाई हटाउने कुनै आवाज आाउछ कि भन्ने एउटा झिनो आशा ।

    बाकी भएको एउटा छोरो पनि प्राइवेसीको नाममा टाढा गयो । समरले घर छोड्दा भने एउटा वाचा गरेको थियो बेलाबेलामा भेट्न आउने । त्यसैले होला वर्षको तीन पटक एकैछिन भएपनि आफ्नो अनुहार देखाउन जान्छ । दशैंमा, अनि सुबोध र बसुधाको जन्मदिनमा । आज सुबोधको जन्मदिन, त्यसैले बसुधा एक नजर ढोकामा लगाएर समरको पर्खाइमा थिइन् । सबै पाहुनाहरु आएर फर्किसकेका थिए । नौ बजेतिर मात्र समर र प्रिया आएका थिए । आफ्ना सन्ता नभएर पनि पाहुना जस्तो गरी आएकोले बसुधालाइ चित्त बुझेको थिएन । बुवाको जन्मदिनमा पनि रहर भन्दा पनि करले आउने अनि आएर ठूलो गुन लगाएको भनी देखाउन खोज्ने छोरोप्रति बसुधाको धेरै गुनासो थियो ।

    सुबोधलाई पनि यस्ता अनगिन्ती गुनासा छोरासँग गर्न मन नलागेको होइन । तर, सुबोध आफ्ना मनभित्र गुम्सिएको पीडा गुनासा लुकाउन खप्पिस छन् । बसुधाले अनुहारमा पीडा देख्छिन् कि भनी सतर्क हुन्छन् बेला बेलामा ।

    बसुधाले डाइनिङ टेबलमा खानाको प्लेट सजाउन थालिन् र सबैजनालाई बोलाइन् । “मैले अघि साथीको पार्टीमा खाइसकें” प्रियाले सुनाइन् । “हामी यहाा खान आएको हो र ? हजुरहरुलाई भेट्न आएको । आज हतारमा आएकोले हजुरलाई केही ल्याइदिन सकिन है बुवा । फेरि हरेक वर्ष उपहार ल्याइदिएकै छौं क्यारे, के को कमी छ र ?” समरले भट्ट्याउँन थाल्छन् । कमी…..सुबोध एकछिन घोरिन पुग्छन् । लामो साास तानेर भन्छन् “अहा….केहीकमी छैन हामीलाई ।”

    “घर फर्किने होइन ? अबेर भयो” प्रिया फर्किने तरखर गर्दै समरलाई झक्झकाउादै भन्छिन् । छोरो बुहारी जान लागेको देखेर अलि आत्तिदै बसुधाले “आज त एकरात यहीा बस तिमीहरु” छोरोको हात समाउादै भनिन् । अनुहार बिगार्छिन् प्रियाले बसुधाको आग्रह सुनेर, “घरमा काम गर्ने मान्छे छन्, केही काम गर्न पर्दैन । बसीबसी खान पाउनु भएको छ । बेलाबेलामा हामी आएर हालखबर सोधेकै छौं । तर, पनि हजुहरुलाई कहिल्यै पुग्दैन ! आएपनि सुख छैन नआएपनि सुख छैन” प्रिया गन्गनाउन थाल्छिन् ।
    त्यसै बेला प्रियाको मोबाइल बज्छ । अर्को छेउमा गएर प्रिया कुरा गर्न थालिन् ।

     

    मोबाइलमा कुरा गर्न सकिएपछि डााको छोडेर रुँदै प्रिया सोफामा बस्छिन् । प्रियाको हालत देखेर समर अतालिन्छ । “के भयो प्रिया” बसुधाले सोधिन् । प्रियाको रोदन झनै बढ्न थाल्छ । “के भयो, किन रोएकी यसरी” समर प्रियाको हात समात्दै सोध्छन् । रुँदै प्रियाले भन्न थालिन् “मामुले फोन गरिसिएको दादा र भाउजुले घर छोडिस्यो रे । आजदेखि छुट्टै घरमा बसिसिन्छ रे ।” सुबोधले “किन घर छोड्न थालेको ? के विषयमा झगडा पर्‍यो उता घरमा” भनी सोधे । प्रियाको रुवाइ अझै कम भएको थिएन ।

    उनि सुँक्कसुँक्क गर्दै भन्न थालिन् “दादा र भाउजुलाई प्राइवेसी चाहियो रे । सगोलमा बस्दा भने जस्तो प्राइवेसी भएन रे । अब मामु बाबालाई कसले हेर्छ ? आफ्नो सन्तानले नहेरे पछि घरमा नोकर भएर मात्र हुन्छ ? मामु बाबा अब एक्लै भइस्यो । भाउजुलाई नभएपनि दादालाई त मामु बाबाको माया हुनुपर्ने नि । आफ्नो प्राइवेसीको लागि आफ्नो घर, परिवारलाई छोड्न हुन्छ ? समर म बाबा घर जाने मलाई पुर्‍याइदेऊ” भन्दै फेरि रुन थालिन् । समर प्रियालाई फकाउादै घर बाहिर निस्के । सुबोध र बसुधा एक अर्काको मुखामुखगर्दै सोफमा थचक्क बसे ।

    (लेखक शर्मा नेपाली सांकेतिक भाषा समाचार प्रस्तोता हुन् )

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार