प्रतिनिधिसभा विघटनप्रति जसपाको ध्यानाकर्षण


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस ५, २०७७

  • काठमाडौँ, ५ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपाले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको ठहर गरेको हो । सो कदमको विरोध जनाउँदै जसपाले सम्पूर्ण पार्टी पङ्क्ति र नागरिकलाई सो कदमको प्रतिवाद गर्न पनि आग्रह गरेको छ । पार्टीको बैठक यथाशीघ्र बसी सो सम्बन्धमा थप निर्णय गरिने जसपाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार