प्रदेश नं १ मा २८६ सङ्क्रमित निको


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस ८, २०७७

  • विराटनगर, ८ पुस । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यसरी निको हुनेमा होम आइसोलेसनबाट २८३ र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङबाट तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ७८१ पुगेको छ । प्रदेशमा सोही अवधिमा गरिएको ४७४ को पिसिआर परीक्षणमा १३ महिला र २२ पुरुष गरी ३५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङमा १९, सुनसरीमा पाँच, तेह्रथुम र इलाममा एक/एक र प्रदेश बाहिरका तीन जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    यस प्रदेश मा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ५२४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार २४ को पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार