प्रधानमन्त्रीले थपे नयाँ मन्त्री : पुरानामा हेरफेर


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस १०, २०७७

  • काठमाडौँ, १० पुस । संसद बिघटनपछि प्रधानमन्त्री केपी शर्मा वलीले मन्त्रिपरिषद बिस्तार गरेका छन् । साथै वहालवाला मन्त्रीहरुको मन्त्रालयमा हेरफेर गरेका छन्।

    उनले आज थपेका नयाँ मन्त्री तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी (ऊर्जा), प्रभु साह (शहरी विकास), गौरीशंकर चौधरी (श्रम तथा रोजगार), मणि थापा (खानेपानी तथा सरसफाई), दाबा लामा (युवा तथा खेलकूद), गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), प्रेम आले (वन तथा वातावरण), कृष्णगोपाल श्रेष्ठ (शिक्षा) पद्मा अर्याल (कृषि तथा पशुपंक्षी) शिवमाया तुम्बाहाङफे (भूमि सुधार), जुली महतो (महिला तथा ज्येष्ठ नागरिक), लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला), भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन) लगायत छन्।

    सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि ओली क्याबिनेटबाट प्रचण्ड नेपाल पक्षका ६ मन्त्रीले राजीनामा दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार