सन्जना बनिन् मिस टिन लुम्बिनी २०२०


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस ११, २०७७

  • बुटवल, पुस ५ : एस पि एम कृयसनको आयोजनमा सम्पन्न कार्यक्रममा लिटिल स्कुस स्टार जुनियरतर्फको उपाधि निशांक रामामगर र रिओना भूसालले जितेका छन्। त्यसैगरी आफ्रिन बेगम र रियश थापा लिटिल स्कुल स्टार लुम्विनीको उपाधि जिते। कोभिड-१९को सुरक्षा मापदण्ड सहित समपम्न भएको कार्यक्रममा सन्जना भण्डारीले मिस टिन लुम्विनी २०२०को ताज पहिरन सफल भइन्।
    कार्यक्रमको अध्यक्षता एस पि एम कृयशनका सिइओ पवन आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिमा प्रदेश-५ की माननीय सांसद दिपा विश्वकर्मा साथै मुख्य अतिथिको भूमिकामा आनिक राना मगर हुनुहुन्थयो। निर्णायकको भूमिकामा युथ आइकन तथा अभ्यानी प्रोडक्सनका सि.इ ओ अभिविन्द खनिया, फेसन कोरियोग्राफर सुजित बस्याल तथा मिस लुम्बिनी कल्चरकी विजेता अलिशा श्रेष्ठ रहेकी थिइन्।
    उपविधातर्फ मोस्ट एकटिभ तथा मोस्ट फ्रेन्डली सिद्देश न्यौपाने, मोस्ट कन्फिडेन्ट निशांक राना मगर,बेस्ट वाक तथा मोस्ट ह्याड्सम रेहान अलि, मोस्ट ट्यालेन्ट रिओना भुसाल, बेस्ट पर्सनालिटी तथा मोस्ट चार्मिंग सुप्रिम पोख्रेल, मोस्ट डिस्सीपिल्न्ड तथा लिटिल पपुलर संजोग खड्का, मोसिट फोटोजेनिक आफ्रिन बेगम, मोस्ट इन्टेकेल्कचुअल रियास थापा त्यसैगरी टिनतर्फ मिस ट्यालेन्ट सन्जना भण्डारी, मिस ब्युटिफुल तथा फेसन आइकन अर्जिना अधिकारी, मिस फोटोजेनिक तथा बेस्ट वाल्क कविता महतोले हात पार्न सफल भए।
    यस सौन्दर्य प्रतियोगिताको सहयोगीको भूमिकाा अभ्यानी प्रोडक्सन, आर्चिज ग्यालरी, आर. एस अस स्टाइल, ओली एण्ड एसोसियट्स, जयन टेक्निकल कलेज, मुभी कल्व नेपाल, ट्रोल बुटवल, साइन डिजाइन एण्ड प्रिन्ट, एस जे फोटोग्राफी जि वि ए सलोन, अव्सेशन कस्मेटिक्स, थ्री एम, सिम्प्यान एसेसोरिज, टुटु कस्मेटिक्स रहेका थिए भिडियोग्राफरमा सुरज पौडेल साथै फोटोग्राफीमा एस जे फोटोग्राफी सुलज श्रेष्ठको मुख्य भूमिका रहेको थियो। अफिसियल ड्रेस डिजाइनर जयन टेक्निकल कलेज, रेशम न्यौपाने केरियोगाफर र सुमस श्रेष्ठ यस कार्यक्मका प्रस्तोता थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार