![](https://frontlinenepal.com/wp-content/uploads/2021/06/IMG-20210604-WA0023.jpg)
चित्रकुमार कार्की/रक्षकुमार राई
उदयपुर, २१ जेठ । पछिल्लो समय कोरोना संक्रमणको त्रास बढेपछि देशमा गरिएको लकडाउनसँगै दैनिक ज्याला मजदुरी गरेर खाने अति बिपन्न परिवारलाई दाजुभाई समहुले खाद्य सामाग्री वितरण गरेको छ । दैनिक मजदुरी गरेर परिवार धान्ने पहिलो दिन ५६ घर परिवारलाई प्रति परिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले आबश्यक खाद्य सामाग्री वितरण गरिएको दाजुभाई समुहका नेपाल प्रतिनिधि सदस्य सरोज श्रेष्ठले बताए ।
‘सम्बन्ध हाम्रो सबैभन्दा राम्रो’ सामाजिक कार्यलाई अगाडी बढाउने उत्तरदायित्व हाम्रो’ भन्ने नाराले त्रियुगा नगरपालिका वडा नम्बर ९ का १० परिवार, वडा नम्बर १२ डिएमगेटका ६ परिवार, बोटे टोलका ४४ परिवार, वडा नम्बर र १६ सुकौराका १५ परिवार र चौदण्डीगढी नगरपालिका वडा न ७ सातधारे ६ परिवार गरी ८१ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको सदस्य श्रेष्ठले बताए ।
बिपद्को समयमा समस्यामा परकालाई सहयोग गर्नु मानवीय धर्म पनि भएकाले बैदेशिक रोजगारी दोहामा कार्यरत सन्दिप भट्टराई नेतृत्वको युवा समुह र अल्जावेर कम्पन्नि दोहा कतारमा स्काफोलिगं समुहमा कार्यरत युवाहरुको सहयोगमा दाजुभाई समुहले राहत प्रदान गरेका हो। सरकारले बिपन्नलाई राहतमा ढिलाई गरेपछि युवाहरुले आफ्नै खर्चमा राहत वितरण गरेको संयोजक संदिप भट्टराईले बताए ।
मजदुरी गरेर जीवन चलाउनेहरुलाई लकडाउनपछि समस्या सुरु भएको छ। ठूलै समस्या टार्न नसके पनि अन्य वडाका अति बिपन्न परिवाहरुलाई छिटै राहतको प्याकेज पनि वितरण सुरु गरिने संयोजक भट्टराईले जानकारी दिए ।