
लमजुङ, १० असार । लमजुङमा रहेका आठ स्थानीय तहको कूल साढे ४ अर्ब बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै ४ अर्ब ५८ करोड ७७ लाख १८ हजार ४ सय २ रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको हो ।
जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका छन् । यी मध्ये केहीले बुधबार र अधिकांशले आज बजेट प्रस्तुत गरेको छ । प्रस्तुत गरेको बजेटमध्ये ४ वटा नगरपालिकाले २ अर्ब ७५ करोड ६० लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । ४ वटा गाउँपालिकाले १ अर्ब ८२ करोड ६७ लाख २४ हजार ४ सय २ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
यहाँका पालिकामध्ये सबै भन्दा बढी बजेट सुन्दरबजार नगरपालिकाको ७३ करोड २५ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जिल्लाकै सदरमुकाम तथा सुविधा सम्पन्न बेँसीशहर नगरपालिकाले ७२ करोड ६५ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।