काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएको छ ।
सेबोनले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार सिवाईसी नेपालले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपियाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते निवेदन दिएको हो ।
यसअघि नै संस्थाले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।