नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघद्वारा पुष १७ गते प्रदेश स्तरिय बैठक सञ्चालन गर्ने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस १२, २०७८

  • काठमाडौँ, १२ पुष । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघद्वारा यसै पुष १७ गते प्रदेश स्तरिय बैठक सञ्चालन हुँदैछ । सात वटै प्रदेशमा एकैसाथ बैठक सञ्चालन हुने महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

    यस अनौपचारिक बैठकमा कोभिड १९ पछिको अवस्था, अहिलेको परिस्थीतिमा व्यवसायलाई कसरी अगाडी बढाउने भन्नेबारेमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताए । त्यसबाहेक जिल्लाको लागि कार्ययोजना बनाउने, जिल्लाका गतिविधी प्रदेशले अनुगमन गर्ने, जिल्लाको नविकरण गर्ने, स्थानिय सरकासंग समन्वय गरेर अगाडी बढ्ने, जिल्लालाई सक्षम र प्रभावकारी बनाउने कार्ययोजनाहरु रहेका छन् । यो कामलाई महासंघले अनुगमन गर्नेछ । ‘महासंघले सबैलाई शिष्ट, सक्षम, मर्यादित र सबैलाई जिम्मेवार बनाउने छ ।’ अध्यक्ष श्रेष्ठले बताए ।

    पुष १७ गतेका लागि हरेक प्रदेशमा महासंघबाट एक जना पदाधिकारी अनिवार्य सहभागि हुने व्यवस्था मिलाइएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले पनि संघीय संरचना नै अंगालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार