ओमानमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपाली समाज गठन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ २८, २०७९

  • ओमान । ओमानको मस्कटस्थित रोजाना होटलको सभाहलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रवासी नेपाली समाज गठन भएको छ । सुरेश खड्काको अध्यक्षतामा गत ९ सेप्टेम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विदेशस्थित भातृ संगठन गठन भएको हो ।

    नेपाली राजदूतावासका प्रथम सचिव श्री सोमेश थापाको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त भेलाले राज कुमार श्रेष्ठको अध्यक्षतामा १६ जनाको कमिटि गठन गरेको हो । उक्त भेलामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    नेपालबाट वैदेशिक विभागका प्रतिनिधित्व र विभिन्न देशका प्रतिनिधिहरूले जुममार्फत नयाँ कार्य समितिलाई वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार