राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच छलफल


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ २३, २०७९

  • राष्ट्रिय सुरक्षा, सीमा सुरक्षालगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफलमा गृह, रक्षा, परराष्ट्र मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता थियो ।

    प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय सरोकारका विषयमा छलफल भएको हो । छलफलमा पूर्वप्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई आमन्त्रण गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट