प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रिय समिती कतारको तदर्थ समिति गठन सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, बैशाख २४, २०८०

  • दोहा, कतार । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गतको प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रिय समिति कतारको तदर्थ समिती गठन सम्पन्न भएको छ। नेपाली जनतामा निहीत राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरी, असार ०७, २०७९ मा सार्वजनिक घोषणा गरेसँगै, असार १७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

    रास्वपाको उदेश्य लाई सफल बनाउनको लागि प्रवास मा रही काम गर्दै आउनु भएका नेपाली हरुले आफ्नो तर्फ बाट सहयोग गर्ने हेतुले कतारमा बिबिध उदेश्य मार्फत बस्दै आईरहनुभएका घन्टी प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनी हरु लाई एकत्रित गरी उक्त महाअभियान मा सामेल हुनका लागि गत ५ मे २०२३ शुक्रबारका दिनमा समिती गठन गरिएको हो।

    अब्दुल करिम मियाँ को अध्क्षयतामा कतारको नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रीय समिती कतारको २१ सदस्यीय तदर्थ समिती निम्न अनुसार गठन गरिएको थियो। जसनुसार केन्द्रीय समिती कतारको सभापतीमा अब्दुल करिम मियाँ, उप-सभापती नियम भुजेल, महामन्त्री विजयराज अधिकारी,सह-महामन्त्री अकबल मियाँ, कोषाध्यक्ष रोशन गिरी, सह-कोषाध्यक्ष सुजन ढकाल रहेका छन् ।

    त्यसैगरी अन्य सदस्यहरुमा- कमल मानन्धर, सन्जिब कटुवाल, मेम मणि देबकोटा (अनमोल), रुपेन्द्र ओली, गणेश थापा, संजय पन्थी, सुनिल परिवार, भूमिराज दाहाल, आशिक अली मन्सुर, कल्याण खड्का, भोजराज श्रेष्ठ, शंकर पौडेल, ज्ञान बहादुर नेपाली, सुनिल चौधरी, सन्जिब बिश्वकर्मा लगायत रहेका छन। यसैक्रममा समितिलाई सहि ढंगबाट गतिशीलता दिनको लागि विभिन्न बिभाग र जिम्मेवारी समेत प्रदान गरिएको छ। विभिन्न बिभागहरुहरुमा सांगठनिक बिभागमा गोपाल न्यौपाने, श्याम पाण्डे र रेनुका कार्की (जुनु), लेखासमिती बिभागमा शम्भु प्रसाद मरासिनी, आर्थिक समिती बिभागमा रोशन गिरी, कानुन तथा अनुशासन बिभागमा सुदर्शन भण्डारी,
    स्वास्थ तथा खेलकुद बिभागमा दिपेन्द्र बिक्रम राणा र कमल मानन्धर, सूचना तथा प्रचार-प्रसार बिभागमा  प्रकाश अर्याल र सन्जिब कटुवाल, महिला बिभागमा रेनुका कार्की (जुनु), श्रमिक बिभागमा लिलम चिदी मगर, युवा सम्योजकमा दिल भट्टराई, प्रमुख सचेतकमा अख्तर हुसैन र प्रबक्तामा गोपाल न्यौपाने रहेका छन्।

    उक्त केन्द्रिय समितीले कतारका विभिन्न क्षेत्रमा रहेर रोजगारी गर्दै आएका घण्टीप्रेमी नेपालीहरुलाई एक्यवद्धता गराउन दोहा ईकाई समिती, सनैया (क) ईकाई समिती,  सनैया (ख) ईकाई समिती, मिसाईद ईकाई समिती, अल वाक्रा ईकाई समिती, अल खोर ईकाई समिती, दुखान ईकाई समितीहरु बिस्तार गर्दै जाने बताएको छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार