युवा संघको उपाध्यक्षमा प्रकाश गौतमको उम्मेदवारी दर्ता


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ १३, २०८२

  • पोखरा । राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा प्रकाश गौतमले उम्मेदवारी दर्ता गराएका छन् । गौतम सुरुदेखी निर्वाचन पक्षमा वकालत गर्दै आएका थिए । २०६४ राष्ट्रिय युवा संघ नेपालमा आवद्ध उनी वडा कमिटिदेखी काठमाडौं महानगर हुदै महाधिबेसन प्रतिनिधि बनेका थिए ।
    ०६९ मा बुटवलमा भएको महाधिबेसनमा निर्वाचित केन्द्रीय सदस्य बनेका गौतम बागमति प्रदेशको संस्थापक अध्यक्ष समेत हुन् । उनले सुमन पुरीको प्यानलबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । संगठनभित्र उनले प्रष्ट वक्ता, छलकपट नभएको र उद्यमशिल युवाका रुपमा छवि बनाएका छन् ।

    एमाले निकट युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा निर्वाचनका लागि मनोनयन आइतबार दर्ता प्रक्रिया सुरु भएको थियो । युवा संघमा ३९९ जनाको उम्मेदवारी परेको छ । संघमा कूल प्रतिनिधि १७५१ जना रहेका छन् । सोमबार बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान समय तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट