‘बेबीसावर’ को तयारीमा अनुष्का–विराट, किन लुकाए प्रेग्नेन्सी ?


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १९, २०७५

  • काठमाडौं, चैत १९  ।    भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहोली पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको खुलासा भएको छ ।

    सन् २०१७ डिसेम्बर ११ मा विवाह बन्धनमा बाँधिएको यो जोडी ‘बेबीसावर’ को तयारीमा रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ ।

    यद्यपी अनुष्का र विराटले यसको आधिकारीक जानकारी दिएका छैनन् । तर अनुष्काले लामो समयदेखि गर्भवती भएको विषयलाई लुकाएको भारतीय सञ्चार संस्था डिएनएको दाबी छ।

    अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ । डिएनएका अनुसार अनुष्काले उक्त फोटोसुट पहिलै गरेकी थिइन् ।

    गर्भवती भएकै कारण अनुष्काले हाल कुनै चलचित्रमा हस्ताक्षर नगरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार