Featured 02 अन्तरवार्ता

नर्स बन्ने सपना थियो – नीलम कार्की ‘निहारिका’, उपन्यासकार

पाल्पामा जन्मिएकी नीलम कार्की ‘निहारिका’ सशक्त नारी हस्ताक्षर हुन् । २०७४ का लागि उनको उपन्यास योगमायाले मदन पुरस्कार प्राप्त गरेको छ । ऐतिहासिक विषयवस्तुमा खोज, अनुसन्धान गरेर लेखिएको योगमायाले प्रतिष्ठित पुरस्कार पाएपछि उनको चर्चा थप चुलिएको छ । यसअघि नीलमका हवन (कथा–संग्रह), ब्रेन फिभर (कविता–संग्रह), कागजमा दस्तखत (कथा–संग्रह), नीलम कार्की निहारिका का कविता (कविता–संग्रह), बेली (कथा–संग्रह), अर्की आईमाई (उपन्यास) बजारमा आइसकेका छन् ।

लेखनमा कसरी प्रवेश गर्नुभयो ?

रहरले नै हो । विद्यालयमा कविता प्रतियोगिता भैरहेको थियो । त्यसको विशेषता पुरस्कृत कविता स्कुलको मुखपत्र किसानमा प्रकाशित हुने भनिएको थियो । कविता छापिने हुटहुटीमा मैले कविता लेखें ।

 

स्कुल–कलेज पढ्दा जीवनमा के बन्ने सपना बुन्नुभएको थियो ?

विद्यालय पढ्दा नर्स बन्ने सपना थियो । नर्सिङ अध्ययनरत छँदै लेखन प्रारम्भ गरें । बीस वर्षको उमेरभित्र दुई वटा उपन्यास लेखें । नर्सिङ पढिसकेर नर्सिङका छात्राहरूलाई पढाएँ पनि । त्यसपछि मैले रेडियो नेपालको कार्यक्रम साहित्य संसारमा आबद्ध हुने मौका पाएँ । त्यतिबेला दाहाल यज्ञनिधिले साहित्यको लगावले भैखाएको राम्रो तलब आउने जागिर छाडेर करारको ३ हजारमा झुन्डिएकी छौ नानी भन्नुहुन्थ्यो ।

 

लेख्न बस्दाका आनीबानीबारे बताइदिनुहोस् न ।

पहिले छोराहरू साना थिए । कार्य व्यस्तताले गर्दा राति लेख्ने बाध्यता थियो । त्यही बाध्यता अहिले बानी भयो । एक निद्राबाट ब्यँुझिएपछि लेख्न मन लाग्छ । ३–४ घन्टाको लेखनपछि बिहानीपख फेरि सुत्छु । मेरो मोबाइलमा बिहान साढे ६ बजे अलार्म बज्छ अनि आफ्ना अरू काम गर्छु । कहिलेकाहीँ लेख्ने क्रममा कालो चिया पिउन मन लाग्छ । पहिले जहाँ पनि लेख्न सक्थें । अहिले मनले एकान्त नै खोज्छ । दिउँसो पनि एकान्तमा लेख्छु । छोराहरू स्कुल गैसकेपछि ८ देखि ३ बजेको बीचमा लेख्छु ।

तपाईंको प्रिय विधा ?

एउटै मात्र रोज्नुपर्दा कविता । यद्यपि सबै विधाको आफ्नै स्वाद र महत्व छ ।

तपाईंका प्रिय लेखक ?

बिपी कोइराला र पारिजात ।

अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?

जसरी लेखकको लेखनको उद्देश्यबाट निर्देशित हुन्छ, त्यस्तै पाठकको पनि आफ्नै उद्देश्य हुन्छ । आफ्नो इच्छानुसार पुस्तक छनोट गर्ने हो । म आफ्नै उदाहरण प्रस्तुत गर्छु, योगमाया लेखनको अन्त्यतिर मलाई यति तनाव भयो कि मैले रमाइलो प्रेम कथा खोजेर पढें । मैले हिन्दी चलचित्र मैने प्यार किया २०४६ सालमा हेरेकी थिएँ, फेरि दोहोर्‍याएर हेरें । जब कि म आर्ट चलचित्र मन पराउने मान्छे । त्यसैले पाठकलाई यही पुस्तक पढ्नू भनेर सिफारिस गर्नु उसप्रति अन्याय हो । यद्यपि कमसेकम नेपालको इतिहास र नेपाल पढिदिनुस् भन्ने अनुरोध भने अवश्य गर्छु ।

लेख्न चाहेको तर लेख्न नसकेको विषय केही छ ?

अवश्य छ, समय तथा स्रोतको अभावले थन्किएका त्यस्ता विषयले मलाई निकै पिरोल्छन् ।

लेखनमा महिलाहरूको संख्या किन न्यूनभएको होला ?

योगमायाले राणाकालमा राखेको मिलापत्रमा नारीले पनि पढ्न पाउनुपर्छ भन्ने थियो । यो सय वर्षभित्र नारीलाई अध्ययनका निम्ति करिब–करिब समान अबसर मिल्दै गएको अवस्था छ । पुरुषको तुलनामा नारीको साक्षरता नै न्यून छ । त्यसैले पनि लेखनमा संख्यात्मक रूपमा महिलाहरूको संख्या कम

 

 

आफ्नो प्रतिक्रिया जनाउनुहोस्