रेणुकाको रहर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १३, २०७४

  • चतरा, बराहा नगरपालिका सुनसरीकि रेणुका खड्का पेशाले नर्स हुन् । बिपी कोइराला धरानमा उनी कार्यरत छिन् । नेश्नल मेडिकल कलेज नर्सिङ क्याम्पस, वीरगञ्जबाट उनले नर्सिङ उत्तिर्ण गरेकी हुन् ।

    सामाजिक सेवामा सक्रिय उनी लेखनमा रुचि राख्छिन् । शाहसिक खेलमा रुचि भएकी रेणुका ब्लगिङ गर्दै आएकी छिन् । राफ्टिङ, बन्जि र प्याराग्लाईडिङ गर्नमा उनलाई मज्जा आउँछ । जेसिजमा उनी उपाध्यक्ष छिन् । आइडल नर्स बन्ने उनको सपना छ । युट्युबमा रेनका खड्का (Rainyka khadka) नाममा उनले भिडियोहरु अपलोड गर्छिन् । जेनेभाको जेनेभा युनिभर्सिटी हस्पिटल (एचयु जि) बाट उनले डेभलप्मेन्ट केयर ट्रेनिङ समते लिइसकेकी छिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार