मिलन चाम्सको ‘वीरविक्रम २’लाई बदनाम गर्न खोजेको अभियोगमा प्रनेश गौतम पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २८, २०७६

  • काठमाडौं, जेठ २८ ।  युट्युबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा ‘मेमे नेपाल’ नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । प्रहरीले भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका – १४ विजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरविक्रम २ को प्रचार-प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमानेपश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको व्यापार व्यवसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनी निर्देशक राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले प्रनेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

    उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार