अनरको तीन नयाँ प्रोडक्ट सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ ३, २०७६

  • काठमाडौं । लामो समयदेखि शान्त रहेको चिनिया स्मार्टफोन कम्पनी अनर (Honor)ले तीन आफ्नो तीन वटा नयाँ प्रोडक्टहरुलाई भारतमा पनि सार्वजनिक गरेको छ । अनरका ती तीन प्रोडक्टहरु अब नेपाली बजारमा पनि चाँडै उपलब्ध हुने बताइएको छ ।

    कम्पनीले गत मंगलबारका दिन नयाँ दिल्लीमा अनर एक्स (Honor 9X)को स्मार्टफनका साथै अनर म्याजिक वाच २ (MagicWatch 2) र अनर बैंड ५आई (Honor Band 5i)लाई एक साथ सार्वजनिक गरेको हो ।

    भारतीय बजारमा अनर ९एक्स (Honor 9X)को मूल्य १२,९९९ भारु तोकिएको छ । यसमा तीन वटा क्यामेराहरु उपलब्ध छन् । प्राइमरी सेन्सर ४८ मेगापिक्सल दिइएको छ । त्यस्तै अन्य दुई २ मेगापिक्सल प्लस दुई मेगापिक्सल क्वालिटीका दिइएको छ ।

    यसका साथै पप–अप सेल्फीको लागि १६ मेगापिक्सलको क्यामेरा दिइएको छ । ४ जीवी –याम र ६४ जीवी इन्टरनल स्टोरेजवाला भेरियन्टको वास्तविक मूल्य १३,९९९ भारु तोकिएको छ, तर लिमिटेड अफरका लागि भने १२,९९९ भारुमा विक्री गरिने बताइएको छ ।

    त्यस्तै ६ जीवी –याम र ६४ जीवी इन्टरनल स्टोरेज भेरियन्टको मूल्य १६,९९९ भारु तोकिएको बताइएको छ । अब यी स्मार्टफोनहरु चाँडै नेपाली बजारमा पनि उपलब्ध हुने बताइएको छ ।

    यसका साथै कम्पनीले एक वाच (घडी) पनि सार्वजनिक गरेको छ । १.३९ इञ्च फुल कलर टचस्क्रिन वाच सार्वजनिक गरेको हो । यस घडीमा चार जीवी इन्टरनल स्टोरेज दिइएको छ ।

    यसमा १५ फिटनेस अप्सन पनि दिइएको छ । यस घडीको मूल्य ११,९९९ देखि १४,९९९ भारु तोकिएको छ । अनरको यस प्राडक्ट पनि नेपाली बजारमा उपलब्ध हुने जनाइएको छ ।

    अनरले सबै ग्राहकहरुको ध्यानलाई मध्यनजर गर्दै उत्कृष्ट फिटनेस बैंड पनि सार्वजनिक गरेको छ । जसको मूल्य १,९९९ भारु तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार