
काठमाडौं । ५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् । पोखरेलको साथमा प्रदेश तथा संघीय संसदका सांसदहरु पनि सहभागी छन् ।
उपप्रधान मन्त्री पोखरेल हेलिकप्टरबाट सोमबार बिहान कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङको अनुगमनमा निस्किएका छन् । पोखरेलस“गै प्रतिनिधिसभाका सांसद गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद मानबहादुर धामी, गेल्बु सिंह बोहोरा, सुरक्षा निकायका अधिकारी नेपाल, भारत, चीनको त्रीदेशीय सिमाना अबलोकनमा निस्किएका छन् । त्यहा सुरक्षा पोस्ट राख्नेबारे उनले जानकारी लिनेछन् ।
नेपाल भारतबीच लामो समयदेखी सीमा विवाद छ । अझै सीमा विवाद टुंगिएका छैन ।