केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन १०, २०७४

  • काठमाडौं, फाल्गुन १० — यो पटकदेखी केन्द्रमा १८ वटा मन्त्रालय मात्र रहनेछन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएपछि यस्तो निर्णय भएको हो । मन्त्रिमण्डल विस्तार तथा पार्टी एकता प्रक्रियाबारे छलफल गर्न बालुवाटारमा दुई नेताबिच छलफल भएको थियो ।

    कार्यदललाई एकताका लागि राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्न बैठकले जिम्मा दिएको छ । यसैगरी दुई दलको सांगठनिक संरचना निर्धारणबारे पनि बैठकमा छलफल भएको थियो । एमाले तथा माओवादीका शीर्ष नेतासहित एक दर्जन बढीको उपस्थिीति थियो ।

    यही फागुन ३ गते केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अहिलेसम्म मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि मात्र आफू सरकारमा जाने बताएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार