• होमपेज
  • समाचार
    राजनीतिसमाज
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य
  • सूचना तथा प्रविधि
  • विविध
  • सम्पर्क

कोरोना सङ्क्रमण रोकथाम गर्न छ करोड बजेट


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २८, २०७६

  • काठमाडौं, २८ चैत । विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न जुम्लामा रु छ करोड नौ हजार बजेटको व्यवस्था भएको छ । यहाँको एक नगरपालिका, सात गाउँपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय प्रशासनमा कोरोना रोकथाम गर्न बजेट व्यवस्थापन भएको हो । कोरोना भाइरस रोकथाम, नियन्त्रण उपचार र राहतका लागि जुम्लाका स्थानीय तहले १० लाख देखि एक करोडका कोरोना विपत कोष बनाएका छन् । यसअघि चालु आर्थिक वर्षमा विपत कोषका लागि सवै स्थानीय तहले १०÷१० लाख बजेट विनियोजन गरेपनि कोरोना विरुद्धको कोषमा थप बजेट विनियोजन गरेका हुन् ।
    यहाँका स्थानीय तहले कोषमा बजेट कम हुने भएपछि जनप्रतिनिधिले बैठक भत्तादेखि कर्मचारीका तलब पनि कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । चन्दननाथ नगरपालिकाले एक करोड, सिञ्जा गाउँपालिकाले रु एक करोड नौ हजार, कनकासुन्दरी गाउँपालिकाले ६० लाखको कोरोना विपत कोष स्थापना गरेको छ । त्यसैगरी गुठीचौर गाउँपालिकाले २० लाख, पातारासीले १० लाख, हिमाले १० लाख, तिलाले १० र तातोपानीले १५ लाखको कोरोना विपत कोष बनाएका हुन् । नगरकार्यपालिकाको बैठकले कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार स्वरुप एक करोडको कोष स्थापना गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताउनुभयो ।
    सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचारका लागि पालिकाले एक करोड नौ हजार बजेटको कोष स्थापना गरेको छ । कोषमा सबै कर्मचारीको एक दिनको तलब र जनप्रतिनिधिको एक महिनाको बैठक भत्ता जम्मा गरिने उहाँले बताउनुभयो । दुई हजार ५०० घरधुरीलाई प्रति घरधुरी ३० केजी चामल, नुन र तेल एक हप्ता भित्रै बितरण गरिने तयारी भएको गाउँपालिका प्रवक्ता नविन शर्माले बताउनुभयो । प्रदेशबाट दुई करोड ७५ लाख बजेट कर्णाली प्रदेशले यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई एक करोड र जिल्ला विपत व्यवस्थापन समितिको कोषमा ५० लाख बजेट विनियोजना गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनुभयो ।
    कर्णाली प्रदेश सरकारले यही मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सबै स्थानीय तहलाई आवश्यक व्यवस्थापन गर्न बजेट विनियोजन गरेको हो । कर्णाली प्रदेश विपत् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट चन्दननाथ नगरपालिकालाई २० लाख र सात गाउँपालिकालाई समान १५ लाख रुपैयाँको दरले सम्बन्धित स्थानीय तहले स्थापना गरेको विपत् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएको छ । विपद् कोषमा १४ शीर्षकबाट रकमान्तर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहले विपद् कोष स्थापना गरेका छन् तर त्यो कोषमा कुन शीर्षकको बजेट राख्ने, पछि कसरी हिसाब मिलान गर्ने, कुन योजनाको बजेट कटाउने भन्ने अन्योलनमा रहेका स्थानीय तहलाई अर्थ मन्त्रालयले सहज बनाएको छ ।
    चालु आवमा विनियोजित कार्यक्रम मध्ये चैत २० गतेसम्म बोलपत्र आह्वान भएका तथा भुक्तानी दिन बाँकी रहेका बाहेक अधिंकाश कार्यक्रम स्थगीत गरी विपद्कोषमा बजेट रकमान्तर गर्न अर्थ मन्त्रालयले परिपत्र गरेको हो । जसले गर्दा स्थानीयतहलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट व्यवस्थापन खर्च सहज भएको तातोपानी गाउँपालिका लेखा अधिकृत मिलन बुढ्थापाले बताउनुभयो । उहाँका अनुसार करिब १४ शीर्षकको बजेटलाई विपद्कोषमा रकमान्तर गरी खर्च गर्न पाईनेछ । सोहि अनुसार तातोपानी गाउँपालिकाले आठ लाख भैपरी शीर्षक र सात लाख कर्मचारी पारिश्रमिकका लागि अनुमान गरिएको बढी रकमबाट गरी १५ लाखको विपद्कोष स्थापना गरिएको छ । यसअघि गाउँगाउँमा मास्क, साबुन वितरण, क्वारेन्टिन व्यवस्थापनमा आठ लाख खर्च भएको छ । त्यसमा जनतासँग अध्यक्ष कार्यक्रमको पाँच लाख, जनतासँग उपाध्यक्ष कार्यक्रमको दुई लाख र न्यायीक समितिको एक लाख बजेट रकमान्तर गरी आठ लाख खर्च भएको छ ।
    सवारी साधन, सेवा र परामर्श सेवा, कर्मचारी तालिम खर्च, मेसिनरी औजार खर्च, अनुगमन तथा मुल्याङ्कन खर्च, भैपरी आउने चालु र पुँजी खर्च, सीप विकास तथा जनचेतना तालिम गोष्ठी खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श खर्च शीर्षकलगायत करिब १४ वटा शीर्षकबाट विपद् कोषका लागि आवश्यक बजेट रकमान्तर गर्न अर्थ मन्त्रालय निर्देशन दिएको छ । कर्णालीका कानुनमन्त्री भण्डारीले पनि आवश्यक बजेट तत्काल रकमान्तर गरी प्रर्याप्त राहत, सचेतनाका कार्यक्रममा जुट्न सुझाब दिनुभयो । स्थानीय तहमा कोरोना रोकथामका लागि वित्तिय सङ्कट नहोस् भन्ने लक्ष्यका साथ सरकारले यस्तो निर्णय लिएको प्रमखु जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । प्रजिअ बञ्जाडेका अनुसार यहाँका एक नगरपालिकासहित सात गाउँपालिकाले चालु आवमा विनियोजित भएका तर हालसम्म खर्च हुन नसकेका शीर्षकका बजेटलाई विपद्कोषमा रकमान्तर गरी कोरोना रोकथाम तथा न्युनिकरणमा खर्च गर्ने सक्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    ताजा अपडेट
    • ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

    • ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

    • ड्रोन दर्ता शुल्क अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण

    • ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

    • ‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठुम्का

    • विज्ञान, जलस्रोत र जलवायु परिवर्तनबारे सञ्चारकर्मी र वैज्ञानिकको सहकार्य आवश्यक

    • सुरक्षित पानी, स्वस्थ जिन्दगानी

    • काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    • चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

    • नेपाल कमर्स क्याम्पस बाट बि•बि•एस मा सर्वोत्कृष्ट स्थान हासिल गरेका बिशाल रोकाहा स्ववियु अध्यक्ष पदको उम्मेदवार

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    • भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

    • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    • सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

    • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    • लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर

    • मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो: गृहमन्त्री लेखक

    • दयाहाङ राईदेखि पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको ‘राजागञ्ज’

    • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

    • बिज् एजुकेसनले भोलीदेखि ग्रान्ड युके एड्मिसन रोड शो गर्दै, सहभागी हुनेले खाली हात फर्किनु नपर्ने

    • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    • ‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

    • ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

    • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    • नेपालमा आजदेखी पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

    • कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

    • बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    • व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

    • अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    • महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

    • युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

    • सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

    • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    • राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

    • कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

    • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

    • क्यान्सर रोगसँग संघर्षरत बालबालिकालाई सहयोग पुर्‍याउन एलायन्सको स्थापना

    • अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शिर्षकको सहयोग रकमको हिसाब खोज्नुपर्छ – ज्ञानेन्द्र शाही

    • ‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

    • तीन लाख भन्दा बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

    • प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक

    • मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

    • छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

    • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    • विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

    • बेलायतको युक्लान युनिभर्सिटि पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

    • ‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

    • नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

    • टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    • एक करोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरू

    • ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार

    • ‘नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

    • ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी

    • मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु

    • हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

    • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता

    • सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर

    • एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन

    • सुम्निमाको नयाँ म्युजिक भिडियो

    • अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा

    • युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    • खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

    • अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    • सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

    • पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

    • विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

    • आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    • हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

    • एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    • नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

    • नेपाल एसिया कपबाट बाहिरियो

    • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    • गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक

    • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    • सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

    • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    • ‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

    • अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

    • बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

    • सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

    • आईआरजीडीडी र एम्बेसेडर क्लबद्धारा कृषि र खाद्य सुरक्षामा क्षेत्रीय सहयोग सम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

    • पत्रकार रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                              सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2025 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology