रौतहटमा बेतौनाको पुल निर्माण अलपत्र


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २४, २०७८

  • रौतहट । रौतहटस्थित चन्द्रपुर नगरपालिका ८ बेतौनाको पुल निर्माण नहुँदा स्थानियले दुस्ख झेल्नु परेको छ । गत साल बर्षा हुँदा आएको बाढिले पुल भत्काएको थियो । यो पुल बेतौना देखि सन्तपुर जाने बाटोमा पर्दछ ।

    चन्द्रपुर नगरपालिकाभित्र पर्ने बेतौना र सन्तपुर गाउँलाई यहि पुल हुँदै जाने बाटोले जोडेको छ । केहि समय अगाडिदेखि पुल भत्केका कारण स्थानियलाई दैनिक काम गर्न समेत संकट परेको छ । गाई वस्तु आवात जावत गर्नदेखि सानातिना मोटरगाडि, ट्याक्टर हिंड्न समेत समस्या भएकाले स्थानिय चिन्तित देखिन्छन् ।

    स्थानिय बासिन्दाहरुले बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कसैको चासो नदेखाएको उनीहरुको गुनासो छ । ‘यो पुलको समस्या हाम्रो गाउँ सबैको सबैको समस्या हो ।’ स्थानिय युवा अबि थापाले भने, ‘यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समग्र नगरबासिलाई असर परेको छ ।’ सम्बन्धित निकायको ध्यानाकर्षण नभए पुल निर्माण गर्न सकिएन भने आउँदो बर्षायाममा जनताले निकै सास्ती खेप्नु पर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार