थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन ८, २०७७

  • काठमाडौं, ८ फागुन । नेपालमा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार