शुरू भयो सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन २९, २०७७

  • काठमाडौं, २८ फागुन । सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी शुक्रबार शुरू भएको छ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले आयोजना गरेको ‘आइओटी प्रदर्शनी’ शुक्रबारबाट शुरू भएको हो ।

    ४ दिन सम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीमा अटोनोमस भेहिकल, स्मार्ट ह्विलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबोटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना राखिएको छ ।

    प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्टवेरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेको हुन् ।

    निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटी क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने आयोजकको विश्वास रहेको छ । प्रदर्शनी ५ हजारले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार