मेलिना र टम्पशेरको ‘तिम्रो साथ होस्’ मा म्यूजिक भिडियो सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र ३, २०७७

  • उदयपुर । चर्चित गायिका मेलीना राई र युवा गायक टम्पशेर राईद्धारा स्वरबद्ध गीत ‘तिम्रो साथ होस्’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आयुश बराईली र सुरबिना कार्कीले अभिनय गरेको म्यूजिक भिडियो सायरा क्रियशन नामक युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो ।

    बिभिन्न आकर्षक पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको म्यूजिक भिडियो हालका लोकप्रिय निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । गीतको शब्द र संगीत गायक टम्पशेर स्वयंले रचना गरेका हुन् भने यसमा आमोस तामाङको एरेन्ज रहेको छ ।

    एमबीए फिल्मस् का बुद्ध थापाको छायाङ्कनमा तयार पारिएको म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । रुपेश खड्काको उत्पादनमा भएको सो भिडियो सार्वजनिक भएसँगै बिभिन्न माध्यमबाट सकारात्मक प्रतिक्रिया आइरहेको गायक राईले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार