बढ्यो कनेक्ट आइपिएसको भुक्तानी सीमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ५, २०७७

  • काठमाडौं, ५ चैत । कनेक्ट आइपिएसमार्फत हुने डिजिटल भुक्तानीको सीमा बढेको छ। नेपाल क्लियरिङ हाउसका अनुसार अब कनेक्ट आइपिएस डटकमबाट एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख रुपैयाँसम्मको थियो।

    त्यस्तै कनेक्ट आइपिएसको मोबाइल एपबाट अब दैनिक २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएकोछ। यसअघि यस्तो सीमा १ लाख रुपैयाँसम्मको थियो।

    ‘राष्ट्र बैंकले पछिल्लो पटक डिजिटल भुक्तानीमा बढाएको सीमाअनुसार हामीले नयाँ व्यवस्था गरेका हौं’ नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान सिंह प्रधानले सेतोपाटीसँग भने ‘नयाँ व्यवस्था बुधबारबाटै कार्यान्वयनमा आएको छ।’

    कनेक्ट आइपिएसको प्रयोग गर्दा रकमका आधारमा २ देखि १५ रूपैयाँसम्म शुल्क लाग्ने गरेको छ। एक पटकमा ५० हजारभन्दा माथि कारोबार गर्दा १५ रूपैयाँ शुल्क लाग्छ।

    ५ हजारदेखि ५० हजारसम्मको कारोबारमा १० रूपैयाँ र ५ सयदेखि ५ हजारसम्म कारोबारमा ५ रूपैयाँ र ५ सयमुनिको कारोबारमा २ रूपैयाँ शुल्क लाग्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार