मोटरसाइकल दुर्घटनामा मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १२, २०७७

  • आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

    दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते हुुनुभएका उहाँको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार