
काठमाडौ । नेपालकाे लाेकप्रिय इ-कमर्स ग्यापु मार्केटप्लेसले बालगृहका बालबालिकासँग फागुपुर्णिमा (हाेली) मनाएकाे छ । हाेलीकाे अवसरमा ग्यापुले बालमन्दिर नक्साल र शान्ति सेवा गृह गाैशालाका करिब २ सय जना बालबालिकालाई हाेली टिर्सट र रँग वितरण गर्दै सामूहिक हाेली खेलेका हुन् ।
कार्यक्रममा ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले स-साना बालबालिकासँग हाेलीमा मनाउन पाउँदा खुसी ब्यक्त गरे । बालबालिकाहरू हाेली टिर्सट र रँग पाउँदा रमाएका थिए ।