कर्मचारीलाई सन्तुष्ट राखेकाले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १५, २०७७

  • काठमाडौं, १५ चैत । नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श दिने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कर्मचारीहरुको बैंकप्रतिको अनुभवको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको हो । प्रोफेसर डा.सुवास केसीको संयोजकत्वमा बनेको निर्णायक मण्डलले यसेका छनौट गरेको हो । सोहि छनौट समितीले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो ।

    बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो । बैंकको पवर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना महामारीका बीच नबिल बैंकले ७ महिना बराबरको तलब बोनस दिएको बैंकका प्रमुख संस्थागत संचार बिभाग कृष्ण सुवेदीले जनाएका छन् ।

    नबिल बैंकमा १ हजार एक सय २८ भन्दा बढि कर्मचारीहरु स्थायी रुपमा कार्यरत छन् । नबिल बैंक यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनी बाट पनि पुरस्कृत भईसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार