गैँडाकोटमा खुल्यो ११ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न होटल


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १५, २०७७

  • नवलपरासी–गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ। तीनतारे स्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा ११ करोड रुपैयाँ लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो।

    होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन्। लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे र चलचित्रकर्मी धु्रव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो। गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन्।

    यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए। पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार