वसन्तपुर क्षेत्रमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन महानगरको आग्रह


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १८, २०७७

  • काठमाडौं–वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन काठमाडौं महानगरपालिकाले पुरातत्त्व विभागलाई आग्रह गरेको छ। पुनः ताकेता गरेको छ। यसअघि महानगरले गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउन भन्दै विभागलाई पत्राचार गरेको थियो।

    पत्राचार गरेको एक महिना बितिसक्दा पनि पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको हो। विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्त्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै कामपाले माइकिङ सुरु गरेको जनाएको छ।

    पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले कामपाको प्रयासलाई सकारात्मकरूपमा लिएको भन्दै समस्या समाधानका लागि प्रयास जारी राखेको बताए। पटक–पटक मौखिक र लिखितरूपमा आग्रह गर्दा पनि विभागले ढिलासुस्ती गरेको भन्दै कामपा प्रहरी प्रमुख धनपति सापकटाले भने, ‘हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापारी–व्यवासायीलाई स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ।’

    अबको केही समयभित्र आफैं नहटाए महानगरले आफ्नो तरिकाले हटाउने उनको भनाइ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार