सौरभको ‘असमति-३’ चैत अन्तिम साता सार्वजनिक हुँदै


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २०, २०७७

  • काठमाडौं, २० चैत । लेखक, चिन्तक एवम् राजनीतिक विश्लेषक सौरभको असमति शृंखलाको तेश्रो पुस्तक असहमति – ३ चैत अन्तिम साता सार्वजनिक हुने भएको छ । बुक हिल पब्लिकेसनले एक प्रेस नोट सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ ।

    इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ दिने प्रयत्न सौरभले पुस्तकमा गरेका छन् । पुस्तकबारे सौरभ भन्छन्, कुनै पनि देशको अनुहार छिमेकीको जस्तो हुनुहुँदैन । उत्तरी र दक्षिणी मिलेर बेइमानीका लागि यही देशलाई तगारो बनाउने किन ? जो जति भौगोलिक विभाजनका कुरा गर्छ, इतिहासलाई गाली गर्छ, उति उसको पुर्खाले यो देशलाई कुनै योगदान दिएको रहेनछ भनेर म बुझ्ने गर्छु । पुस्तकमा मेरा यस्ता राजनीतिक विमतिहरू धेरै छन् ।

    ६ वटा खण्डमा विभाजित सौरभको ‘असहमति-३’ मा ३३ वटा विचारोत्तेजक लेखहरू समाबेश छन् । विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन् । ३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार