धौलागिरि सेन्चुुरी पदमार्ग


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ३, २०७४

  • मनोरम प्रकृति र फरक संस्कृतिको मज्जा लिन चाहनुहुन्छ ? उसो भए धौलागिरि क्षेत्र तपाईका लागी उपयुक्त गन्तब्य हुन सक्छ । हालै मात्र धौलागिरि क्षेत्रमा पदयात्राका लागी नयाँ रुट पहिल्याइएको छ । ८ हजार ७ सय २ सय मिटरको उचाइमा अबस्थित धौलागिरि हिमाल (प्रथम) को दक्षिणि आधार शिविरसम्म पुग्ने नया पदमार्ग पहिचान गरिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको सक्रियतामा ‘धौलागिरि सेन्चुरी ट्ेरक’ को सूरुवात गरिएको हो ।
    गत २१ पुसदेखी यो पदमार्ग सञ्चालनमा आएको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले केहीअघि धौलागिरि पदमार्गमा खिचिएका ५० वटा तस्बिरहरुको समेत प्रदर्शनी गरेको थियो । यो रुटमा यात्रा गर्नका लागी म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ ।
    काठमाडौंबाट पदयात्रामा जान चाहनेहरुले म्याग्दीको बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्न सकिन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ । काठमाडौंबाट बेनीसम्म बसमा आवतजावत गर्न दुई दिन समय छुट्याउनुपर्छ । धौलागिरि सेन्चुुरी पदमार्गमा एक हप्ताको प्याकेज छुट्याउँदा बेस हुन्छ । पर्याप्त समयको अभाबले धेरैजसो पर्यटकहरु थोरै दिनको प्याकेजको खोजीमा हुन्छन् । त्यस्तो योजना बुनिरहेकाहरुलाई धौलागिरि सेन्चुरी पदमार्ग उपयुक्त हुन सक्छ । यसका लागी बजेट १५ रुपैंयाँ बोक्दा हुन्छ ।
    धौलागिरि हिमालको फेदसम्म पुर्‍याउन म्याग्दी उद्योग वाणिज्य संघले नयाँ पदमार्ग पहिल्याएको हो । संघले बढी भन्दा बढी पर्यटकहरु भित्र्याउन पहल गरिरहेको छ । यस अभियानमा नेपाल पर्यटन बोर्ड, ट्ेरकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), गाउ पर्यटन प्रबद्र्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झी गाउ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले अन्य बिभिन्न संघ, संस्थाहरुले सघाएका छन् ।
    यो पदमार्गमा जाँदा बाटामा शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिंड्ने बाटो पच्छ्याउदै नयाँ पदमार्गको रुट बनाइएको हो । ४ हजार मिटर उचाइमा रहेको यो पदमार्गमा यात्रा गरिरहँदा मगर तथा छन्त्याल जातीको जीवनशैली र संस्कृति हेर्न, बुझ्न सकिन्छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गरिरहँदा बाटोका सारा दु:ख, कष्टहरु भुलिन्छ ।
    पदमार्गमा संकेत चिह्नको व्यवस्था, गाउलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि यो पदमार्ग अझ बढी चल्ने अध्ययन टोलीको निष्कर्ष छ । छरीभन्दा माथि बस्ती छैन । तलका गाउमा सामान्य खाना, बास र भरिया पाइन्छ । अहिलेका लागि क्याम्पिङ ट्ेरक भने सम्भव छ ।
    म्याग्दी उद्योग वाणिज्य संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी ट्ेरकको नक्सा, र पोस्टर सार्बजनिक गरिसकेको छ । धौलागिरि सेन्चुुरी पदमार्गको बृत्तचित्र समेत तयार भईसकेको छ । त्यहाँ पाइलो नटेकेकाहरुलाई यसबाटै धेरै कुरा थाह पाउन सकिन्छ । यो पदमार्गबारे चाँसो राख्नेहरुका लागी http://dhaulagirisanctuary.org वेवसाइटले सूचना दिन सघाउँनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार