दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख ४, २०७८

  • कञ्चनपुर, ४ वैशाख । दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ ।

    अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए । ‘नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पुर्‍याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, ‘आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पुर्‍याउने लक्ष्य लिएका छौँ ।’ सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताए ।

    उनका अनुसार एक घर निर्माण गर्न झण्डै रु दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आवमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार