नेपालले ईतिहासमै पहिलोपटक इम्प्याक्ट समिट गर्दै, विजेतालाई १ मिलियन अमेरिकी डलर


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख ८, २०७८

  • काठमाडौं, ६ बैशाख । विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा चिनिने हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ पहिलोपटक नेपालमा हुने भएको छ। हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले हल्ट इन्टरनेशनल बिजनेश स्कुल, क्लिन्टन ग्लोबल इनिसिएटिभ, संयुक्त राष्ट्रसंघ र एडुकेसन फस्टसँगको सहकार्यमा आयोजना गर्दै आएको छ । यस कार्यक्रममा दिगो बिकासको लक्ष्यलाई मध्यनजर गर्दै विद्यार्थीमा सोसल च्यालेन्ज थिन्किङ्गबारे प्रस्ट्याई एउटा बिषय घोषणा गरिन्छ । जसमा रहेर विद्यार्थीहरुले आफ्नो ब्यवसायको रुप देखाई १ मिलियन डलरको लागि प्रस्तुती देखाउने गर्छन्।

    हल्ट् प्राइज चार वटा चरण पुरा गरी सम्पन्न हुने गर्छ। कार्यक्रमको सुरुवात अनक्याम्पसबाट सुरु हुन्छ । जसमा स्नातक वा सो भन्दा माथि अध्ययनरत विद्यार्थीहरुले तीन देखी चार जनाको समुह बनाइ प्रतिस्पर्धा गर्छन्। हरेक अनक्याम्पसको बिजेताले इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्ने गर्छन् जुन विश्वको करिब ५० वटा शहरमा हुने गर्छ। इम्प्याक्टको बिजेताले एसिलियटरमा प्रतिस्पर्धा गर्नेछन् जुन दुई चरणमा हुन्छ। पहिलो एसिलिएटर भर्चुअल हुने गर्छ भने अर्को चाँही विश्व प्रसिद्ध चलिचत्र ह्यारी पोर्टरको निर्देशन भएको महल एश्ड्रीज क्यासलमा हुन्छ। हल्ट प्राइजको एसिलिएटर कार्यक्रमलाई विश्वकै उत्कृष्ट एसिलिएटर तथा इन्क्युबेसनको रुपमा लिने गरिन्छ।

    एसिलियटरबाट उत्कृष्ट छ टिमको छनोट हुने गर्छ जो संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने गर्छन्। सो फाइनलमा बिजेता हुने एक टिमले आफ्नो व्यवसायको स्तरवृद्धिको १ मिलियन अमेरिकी डलर बराबरको फन्डिङ्ग प्राप्त गर्छन् । संसारकै सबैभन्दा ठुलो सामाजिक उद्यममशिलताको यस कार्यक्रममा विश्वका १ सय २१ भन्दा बढी मुलुकहरुबाट तीन हजार भन्दा बढी विश्वबिध्यालयका विद्यार्थीहरुको सहभागीता हुँदै आएको छ। यसबाहेक हल्ट प्राइजले विद्यार्थीहरुलाई उद्यमसिलता, आईडीया पिचिङ्ग, नेतृत्व विकास लगायत बिभिन्न बिषयमा नि:शुल्क तालिम तथा प्रशिक्षण पनि प्रदान गर्दै आएको छ । साथै उदाउदै गरेका ब्यबसायीहरुलाई लगानिकर्तासँग तालमेल गराइदिने पनि गरेको छ।

    यस वर्षको हल्ट प्राइजको बिषय ‘फुड फर गूड’ रहेको छ । जसमा प्रतियोगीहरुले खाद्य क्षेत्रसँग सम्बन्धित रहेर आफ्नो व्यबसायको रुप प्रस्तुत गर्नु पर्ने छ। सो व्यबसायले आफुलाई राम्रो आम्दानी दिनुपर्ने छ । साथै सो व्यबसायले समाजमा रहेको खाद्य क्षेत्रलाई पनि केही रुपले सहयोग पुर्‍याउनु पर्ने छ। केही व्यबसायहरु काठमाडौंको इम्प्याक्ट समिट् सुरु हुनु भन्दा अगाडि नै सन्चालनमा आएर सफल रुपले अघि बढिसकेका छन्।

    नेपालमा हल्ट प्राइजको ईतिहास पाँच वर्ष पुरानो छ। सन् २०१६ मा इन्जिनिरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसले (आईओई) र काठमाडौं विश्वविध्यालयले आफ्नो विश्वबिद्यालयमा भित्र्याएका थिए । सो वर्षको काठमाडौं विश्वविध्यालयको अनक्याम्पस कार्यक्रम विश्वको उत्कृष्ट दश अनक्याम्पस कार्यक्रममा पर्न सफल भएको थियो। त्यसको ठ्याक्कै एक वर्ष पछि सन् २०१७ मा स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविध्यालय यस कार्यक्रममा प्रवेश भयो।

    चौथो वर्षसम्म प्रवेश गर्दा हल्ट प्राइजको नेपालमा कुल दस वटा अनक्याम्पस कार्यक्रम भयो भने सन् २०२०९२१ मा यो सङ्ख्या बढेर ६३ सम्म पुगेको छ। यस वर्षको काठमाडौं इम्प्याक्ट समिट ललितपुरस्थित एआईटीएम कलेजमा एप्रिल २३ देखी २४ (बि.स. २०७८ बैशाख १३ देखी १४) सम्म हुने भएको छ जसमा मुलुकबाट करिब ९० वटा अन्क्याम्पसका बिजेता समुहले प्रतिसपर्धा गर्नेछन्। इम्प्याक्टको बिजेता टोली लण्डनमा एसिलिएटर राउडमा छनोट हुनेछन्।

    यनेपालको तर्फबाट यस वर्षको इम्प्याक्ट समिटको नेतृत्व हल्ट प्राइज कम्युनिटी होल्डर सुसन गङ्गोलले गर्दैछन् । टिममा जयकिशन पजियार कोर्डिनेटर, महीमा कार्की स्पोन्सरशिप कोर्डिनेटर, कृतिक रावल मिडिया म्यानेजर, अनिल पोखरेल टिम कोर्डिनेटर, रोहित अधिकारी सोसल मिडिया म्यानेजर, अन्जिल विश्वकर्मा ग्राफिक्स एण्ड भिडियो कोर्डिनेटर र सुशिल बुढाथोकी एड्भाइजर रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार