आगलागीबाट रु १० लाखको चिया क्षति


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख ९, २०७८

  • इलाम, ९ बैशाख । सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ । कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार