दक्षिण कोरियाका न्याय मन्त्रालयले नेपाली व्यवसायी विनोद कुँवर लगायत बिभिन्न मुलुकका प्रतिनिधिसँग छलफल


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख १६, २०७८

  • सोल, १५ बैशाख । दक्षिण कोरियाको न्याय मन्त्रालयले एनआरएनए एशिया प्यासिफिक आईसिसी प्रतिनिधि एबं नेपाली व्यवसायी विनोद कुँवर लगायत विभिन्न मुलुकका प्रतिनिधिसँग छलफल गरेको छ। कार्यक्रममा दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू, दक्षिण कोरिया अध्यागमन विभागका कमिसनर छा ग्यु गुन तथा निर्देशक किम व्यङ छुल लगायत कोरियाली सरकारका बिभिन्न विशिस्ट कर्मचारीहरु एबं नेपाल, पाकिस्तान, बंगलादेश, टर्कि लगायत बिभिन्न मुलुकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै न्याय मन्त्री पार्क वोम क्यूले कोरोना नियन्त्रण तथा रोकथामका लागी अपनाउनुपर्ने सावधानी बारेमा बिभिन्न मिडियामा सुचना तथा मोबाईलमै अलर्ट दिने जस्ता सूचना दिइएको बताइन् । ‘यो महामारी नियन्त्रणमा सबैको सहभागिता र अपनत्व रहोस् ।’ मन्त्री पार्कले भनिन्, ‘यो महामारी नियन्त्रणको लागि प्रभावकारी रूपमा सबैले आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्छु ।’ बिशेषगरी कोरोना नियन्त्रण तथा सावधानी, विदेशीहरूको भिषाका समस्या, कोरोना नियन्त्रणमा सहकार्य एबं नि:शुल्क  उपचार, बिना भेदभाब नि:शुल्क भ्याक्सिनको उपलब्धता लगायत बिभिन्न समसामयिक समस्याहरुको बारेमा छलफल भएको थियो।

    बिभिन्न राष्ट्रका प्रतिनिधिरूले आ-आफ्नो धारणा राखेका थिए। नेपालको तर्फबाट बिनोद कुँवरले विदेशी नागरीकहरुलाई बिना भेदभाव कोरोनाको भ्याक्सिन उपलब्ध गराउन तथा कोरोना संक्रमित विदेशीहरुलाइ नि:शुल्क उपचार गराउन बिशेष ध्यानाकर्षण गराउदै बिदेशिहरुको भिषाका समस्यालाई गम्भिरतापुर्वक लिनको लागि अध्यागमन बिभागलाई अनुरोध समेत गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार