काठमाडौं उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्बियो, पसल खोल्न कडाइ


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २१, २०७८

  • काठमाडौं । काठमाडौं उपत्यकामा आउँने वैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले थप एक साता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

    काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो। एक साताका लागि जारी गरेको निषेधाज्ञा २२ गते सकिँदै थियो। प्रमुख जिल्ला अधिकारीहरूको बैठकले दैनिक उपभोग्य वस्तुका पसल खोल्न बिहान ७ देखि ९ बजेसम्म तोकिएको छ । यसअघि बेलुका २ घण्टा पनि पसल खोल्न दिने गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट