
सिन्धुपाल्चोक, २३ बैशाख । दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि यही आज बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ । जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकको निर्णयानुसार निषेधाज्ञा बिहीबारदेखि निषेधाज्ञा लगाइएको हो ।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई बुधबारदेखि बन्द गरिएको छ । ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
रासस